पुस्तकवार्ता कार्यक्रम:
१/१८/२०२३ मा हाम्रो विद्यालय "सिफल सेकेन्डरी स्कूल" मा पुस्तकवार्ता कार्यक्रम भएको थियो। यस कार्यक्रमको विशेष अतिथि आन्विका गिरी हुनुहुन्थ्यो उहाँ आमाले सक्नुहुन्छ र पायल पढ्न जान्छे, लक्षु किन बाेल्दिन भन्ने पुस्तककी लेखिका हुनुहुन्थ्याे ।उहाँले आफ्नो जीवनमा भएका धेरै कुराहरू पनि हामीलाई सुनाउनुभएको थियो । ती कुराहरूमा उहाँले आफूले पहिलेदेखि नै राम्ररी पढेर उहाँ पहिलो भएको तर उहाँका आमाबुबाले चाहिँ विज्ञान विषय पढ्नलाई भनिरहेका थिए तर उहाँलाई विज्ञान हैन मानविकी पढ्न मन लाग्थ्यो । त्यसैले आफ्नो विज्ञानको परीक्षामा उहाँले केही पनि नलेखी घर फर्कनुभयाे तर त्यो कुरा उहाँले आफ्ना परिवारलाई १० वर्ष पछि मात्र भन्नुभयाे उहाँले त्यतिबेलाको लागि मानविकी नै पढ्नुभयाे । उहाँले हामीलाई बताउनुभयाे उहाँका धेरैजस्तो किताबहरू साङ्ग्रिला किताब प्रकाशनबाट नै आउने गर्थे अनि उहाँले आफ्ना किताबहरूको धेरैजसो शीर्षकहरू आफै राख्नुहुन्थ्याे अनि जुन प्रकाशकले पुस्तकहरू प्रकाशित गर्थे, त्यही मान्छेले नै त्यस किताबको शीर्षक के हुनुपर्छ भनेर उहाँलाई सल्लाह दिन्थे र उहाँले पनि त्यही नै गर्नुहुन्थ्याे भनी उहाँले हामीलाई भन्नुभयाे ।उहाँले अहिलेसम्म धेरै किताबहरू पनि लेख्नुभएकाे छ । ती किताबहरूमध्ये यी हुन् :पायल पढ्न जान्छे,लक्षु किन बोल्दिन,ठुलो मान्छे कसरी बन्ने ?, लिलीले बिसिन्नन्, लिली रिसाएकी छिन्, भाइरसको डर,आमाले सक्नुहुन्छ,सानीका ज्ञानी कुरा, हाम्रो कुरा पनि सुन्नुस्,कम्युनिस्ट, मेरी दिदी,नाक कसरी ठाडो हुन्छ ! ?, साथीको न्यास्रो,सिक्दै सिकाउँदै। आदि प्रसिद्ध छन्।उहाँले हामीलाई भन्नुभयाे कि धेरैजसाे किताबहरू उहाँले बाहिरी घटनाहरूबाट प्रभावित भएर लेख्नुहुन्थाे र आफ्नो समाजमा के भइरहेको छ त्यसलाई सुधार्न के गर्नुपर्ने छ अथवा वरपरकाे वातावरणमा के भइरहेको छ भन्ने कुराहरू उहाँले समेटेर किताबहरू लेख्ने गर्नुहुन्थ्याे । उहाँका किताब धेरै राम्रा छन् ,किनभने त्यसमा उहाँले एउटा पात्रलाई केही समस्या भएमा,अन्त्यमा त्यही पात्रले त्यस समस्याको हल भेट्टाउने गर्छ र त्यो भनेको एउटा राम्रो कुरा हो । यसले हामीलाई पनि एउटा समस्या आइपरेमा त्यसको समाधान भेट्टाउन धेरै परिश्रम गर्नुपर्छ भन्ने कुरा पनि सिकाउँछ ।उहाँले हामीसँग साहित्यिक कुरा गरिसकेपछि हामी विद्यार्थीहरूको प्रश्न सोध्ने बेला आएको थियो । त्यसैले हामी आ-आफ्ना हात उठाएर उहाँलाई प्रश्न पनि सोध्यौँ र उहाँले भन्नुभएको थियो कि प्रश्न सोध्ने बेलामा एकचोटी मै एउटा केटी र अर्को चोटी केटा हुनुपर्छ भन्नुभयो । यस कुराले हामीलाई धेरै भेदभाव नगर्ने कुराहरू पनि सिकाएको थियो । त्यसपछि उहाँले हामीलाई जवाफ दिनुभयाे जस्तै कि उहाँलाई आफ्नो जीवनको बारेमा प्रश्न सोधे भने कसैले उहाँलाई किताबहरूको बारेमा प्रश्न सोधे । उहाँले सबैको प्रश्नकाे जवाफ पनि दिनुभयाे। अन्त्यमा उहाँलाई सुप्रभ दाइले कक्षा ८ बाट एउटा मायाको चिनो दिनुभयो र उहाँ पनि धेरै खुसी हुनुभयाे त्यसपछि हाम्राे पुस्तकवार्ता कार्यक्रमकाे अन्त्य भयाे ।अन्त्यमा हामी पनि त्यहाँबाट आफ्नो कक्षाहरूमा फर्किने बेला पनि आयो तर धेरै साना कक्षाका विद्यार्थीहरू उनी लेखककाे हस्ताक्षरको लागि पनिअनुराेध गरे र त्यतिबेला हामी आफ्ना कक्षाहरूमा पनि गयौँ । त्यो कार्यक्रम दुई कक्षा बराबरको एउटा पुस्तकवार्ता कार्यक्रम थियो । अन्त्यमा हामी सबैलाई धेरै मजा आएको थियो र यही कारणले गर्दा हामीलाई आफ्नो किताबहरू पढ्न अझै जोस र जाँगर लाग्छ । यसबाट हामीलाई अरू धेरै कुराहरू गर्न पनि सिकाएको छ र भेदभावलाई सकेसम्म अन्त्य गर्न पनि सिकाएको छ । यसै गरी हामीलाई आफ्ना किताबहरू पढेर ती लेखकसँग भेट्दा उत्साहित छाैँ र लेखनमा उर्जासमेत थपिएकाे छ ।
0 reads
Published on 6/27/2023
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 8
Roll No: 28009
77
More Articles from
Student