प्रकृति
प्रकृतिमा हाम्रो भूमि छ धनी,यो नै हो प्राणी जगत्को जननीबाँडिएको हाम्रो देश,हिमाल,पहाड र तराई,यँहा कोही छैन पराई।हिमाल पग्लेर निस्किन्छन् झरना,यिनै हुन् हाम्रा मौलिक गहना।पहाडमा छ वन जङ्गल,बाघ,भालु आदिका बासस्थल।प्रकृतिको लागि चिनिएको हाम्रो देश,सबैको चरित्र छ विशेष।तर जलवायु परिवर्तनमा राख्नुपर्छ ध्यान,नत्र बढ्ला पृथ्वीको तापमान ।हाम्रो देश हो एक सुन्दर चित्र,गुण र प्रकृतिले भरिएको भित्र।मानिस रहन्छन् सँधै एक,सबैमा भरिएको छ विवेक।सुरिलो आवाजमा गीत गाउने कोइली,सुन्दा छ मनमोहक बोली,उड्छन् स्वतन्त्रताका साथ,जीवनको सुन्दरताको यहीबाट हुन्छ आभास।जङ्गल,नदीनाला हुन् प्रकृतिका फल,तनाव र चिन्ताको गर्दछ यसले हल,हावा,पानी,नदी,माटो र बतास,यसमा गासिँएको छ हाम्रो इतिहास।
0 reads
Published on 11/2/2023
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 8
Roll No: 28009
77
More Articles from
Student