धैर्य बिनाको प्रतिभा
धैर्य बिनाको प्रतिभा
एउटा ठुलो नदीको किनारमा एक सानो शहर थियो, त्यही शहरमा रोहन नाम गरेको एउटा युवा चित्रकार बस्थ्यो । ऊ चित्रमा रङ र आकार भर्ने कलाको लागि प्रतिभा नै थियो । मानिसहरू प्रायः उसको चित्रहरू देखेर छक्क पर्थे तर अरिन आफ्नो काम र कलामा अधीर थियाे । ऊ रातारात प्रसिद्ध हुन चाहन्थ्यो, उसलाई आफ्नो चित्रलाई मानिसबिच चिनाउन र उच्च मूल्यमा बिकाउन चाहन्थ्यो । उसलाई एउटै काममा धेरै समय बिताउन मन पर्दैनथ्यो, उसको लागि गति नै सबै कुरा थियो, किनकि उसले धेरै चित्रहरु छिटो बनाउँथ्याे र त्यसबाट धेरै पैसा पनि कमाउन सक्थ्यो ।
एक दिन, एक चित्रकला सङ्कलक उसको शहरमा आए । रोहन को प्रतिभाको बारेमा सुनेर उनले एउटा प्रतियोगिताको घोषणा गरे जसमा जो कोहीले पनि चित्र प्रस्तुत गर्न सक्थ्यो र सबैभन्दा राम्रो चित्रलाई चाहिँ शहरको सबैभन्दा ठुलो ग्यालरीमा प्रदर्शनमा राखिने थियो । रोहन धेरै उत्साहित भयो । यो उसको मौका थियो । धेरै सोचविचार नगरी उसले आफ्नो ब्रस लिएर केही महिना अघि समुद्रको किनारमा हिँड्दा देखेको परिदृश्यको चित्रण गर्न थाल्यो ।
उसलाई आफ्नो चित्र सकाएर बुझाउन यति हतार थियो कि उसले केही वास्ता नगरी यता उता रङहरू लगाउन थाल्यो । केही घण्टामा नै चित्र चित्रण गरेर सकायो । उसले आफ्नो चित्रमा चम्किला रङहरूको पूरा क्यानभास भर्याे तर राम्रो तरिकाले पानीको रङ र आकाशमा रङ नै लगाउन सकेन तैपनि ऊ आफ्नो गति र कामबाट धेरै खुसी थियो, त्यसैले सकाउने बित्तिकै उसले जित्छु भनेर विश्वस्त गर्दै सङ्कलकलाई आफ्नो क्यानभास पठायो ।
रोहनले अरू सबै कलाकृतिहरूलाई ध्यानपूर्वक पनि हेर्याे तर उसको विचारमा उसलाई आफ्नो काम सबैभन्दा राम्रो र रङ्गीन लाग्यो । रोहनको चित्र हतारमा कोरिएको जस्तो सङ्कलकले सहजै थाहा पाए । समुद्रको किनार बाङ्गिएका थिए, दृष्टिकोण गलत थियो र विवरणहरू अव्यवस्थित थिए । सङ्कलकले उसलाई विनम्रतापूर्वक धन्यवाद दिए तर उसको चित्र चाहिँ छनोट गरेनन् ।
दुःखी र निराश हुँदै रोहन त्यँहाबाट फर्कियो । "मानिसहरूले मेरो प्रतिभा किन देख्न सक्दैनन् होला ?" घर जाँदै गर्दा उसले आफैलाई सोध्यो । त्यति वेला उसले नदीको किनारमा एक वृद्ध मानिस एक्लै चुपचाप बसेर सूर्यास्तको चित्र बनाइरहेको दिख्यो । त्यो मानिसको चाल ढिलो र शान्त थियो । अरिन गएर उनको चित्र हेर्न थाल्याे ।
"तपाईंलाई चित्र बनाउन कति धेरै समय लागेको ?" रोहनले सोध्यो । "म मेरो चित्र केही घण्टामै बनाएर सकाउँछु । तपाँइको गतिमा गए त एउटै चित्र सकाउन मलाई १ हप्ता लाग्थ्यो ।"
वृद्ध चित्रकार मुसुक्क मुस्कुराए र उनलाई भने "चित्र बनाउनु, कसले सबैभन्दा छिटो सकाउन सक्छ भन्ने दौड होइन । कला प्रतिस्पर्धा होइन । रङ र आकारहरू आफ्नो अभिव्यक्ति हुन् । धैर्यले नै एउटा मानिस असल चित्रकार बन्न सक्छ।"
रोहनले आफ्नो चित्रकलाको अघिल्लो प्रयास सम्झियो र बल्ल बुझ्यो कि उसले आफ्नो पहिलो कृतिमा छायाँ, बनावट, रङहरूको राम्रो छनोट र प्रकाशको विवरण जस्ता साना कुराहरूलाई बेवास्ता गरेको थियो । त्यो रात, उसले फेरि नँया कृति बनाउने प्रयास गर्ने निर्णय गर्यो तर यस पटक उसले फरक तरिकाले आफ्नो काम गर्याे । उसले फेरि त्यस समुद्र बनाउन सुरु गर्याे । समुद्रको सुन्दरताले उसलाई जहिल्यै मन्त्रमुग्ध बनाउथ्यो । उसले फेरि सुरुवातबाट नै आफ्नो चित्र कोर्न थाल्यो ।
भोलिपल्ट बिहान, उसले चाँडै आफ्नो चित्रमा रङ लगाउन सुरु गर्याे र बिस्तारै काम गर्याे क्यानभासमा रङलाई बिस्तारै भर्दै, स-साना विवरणहरूलाई पनि ध्यान दिई, नँया नँया रङहरू मिसाउँदै काम गर्याे । राम्रो नदेखिएमा चित्र मेटाउँदै, समय लगाउँदै काम गर्दै गयो ।
दिनहरू बित्दै गए र रोहनले आफ्नो धैर्यता बिस्तारै बढ्दै गएको महसुस पनि गर्याे र उसलाई गाह्रो पर्दा उसले बुढो चित्रकारको शब्दहरू सम्झन्थ्यो र आफूलाई धैर्य गर्न बाध्य गर्थ्यो । उसको चित्र बिस्तारै राम्रो देखिन थाल्यो । समुद्र, बालुवा स्पष्ट रूपमा छुटिएको थियो र सूर्य पनि फोटोमा हेरे जस्तै चम्किरहेको थियो । अन्ततः एक हप्ताको मिहिनेत पछि उसले आफ्नो चित्रकला पूरा गर्याे ।
उसले आफ्नो चित्रकला त्यही चित्र सङ्कलकलाई बुझायो । यस पटक चाहिँ चित्र सङ्कलक चित्रदेखि मनमोहित भए । उनले ग्यालरीमा प्रदर्शन गर्न अरिनलाई रोजे । मानिसहरू ग्यालरीमा जाँदा उसको काम हेर्थे र उसको प्रशंसा पनि गर्थे । ऊ बिस्तारै लोकप्रिय हुँदै गयो । उसले यसपछि आफूले बनाउने सबै चित्रहरू धैर्यसाथ बनाए र रङ भरे र विवरणहरू थपे, जसले गर्दा ऊ गाउँमा मात्र होइन, शहरमा पनि चिनिन थाल्याे । रोहनले आफूलाई मन पर्ने काम गरेरै पैसा कमाए र अन्तमा रोहनले बुढो चित्रकारको भनाइलाई सधैँ स्मरण गरिगरह्यो कि धीरता भनेको एक सद्गुण हो । आखिर सबै कुरा सजिलो हुनुभन्दा पहिले गाह्रो हुन्छ ।
0 reads
Published on 1/1/2026
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 10
Roll No: 28009
77
More Articles from
Student