underline

धैर्य बिनाको प्रतिभा

Underline

Share:

धैर्य बिनाको प्रतिभा

एउटा ठुलो नदीको किनारमा एक सानो शहर थियो, त्यही शहरमा रोहन नाम गरेको एउटा युवा चित्रकार बस्थ्यो । ऊ चित्रमा रङ र आकार भर्ने कलाको लागि प्रतिभा नै थियो । मानिसहरू प्रायः उसको चित्रहरू देखेर छक्क पर्थे तर अरिन आफ्नो काम र कलामा अधीर थियाे । ऊ रातारात प्रसिद्ध हुन चाहन्थ्यो, उसलाई आफ्नो चित्रलाई मानिसबिच चिनाउन र उच्च मूल्यमा बिकाउन चाहन्थ्यो । उसलाई एउटै काममा धेरै समय बिताउन मन पर्दैनथ्यो, उसको लागि गति नै सबै कुरा थियो, किनकि उसले धेरै चित्रहरु छिटो बनाउँथ्याे र त्यसबाट धेरै पैसा पनि कमाउन सक्थ्यो ।

एक दिन, एक चित्रकला सङ्कलक उसको शहरमा आए । रोहन को प्रतिभाको बारेमा सुनेर उनले एउटा प्रतियोगिताको घोषणा गरे जसमा जो कोहीले पनि चित्र प्रस्तुत गर्न सक्थ्यो र सबैभन्दा राम्रो चित्रलाई चाहिँ शहरको सबैभन्दा ठुलो ग्यालरीमा प्रदर्शनमा राखिने थियो । रोहन धेरै उत्साहित भयो । यो उसको मौका थियो । धेरै सोचविचार नगरी उसले आफ्नो ब्रस लिएर केही महिना अघि समुद्रको किनारमा हिँड्दा देखेको परिदृश्यको चित्रण गर्न थाल्यो ।

उसलाई आफ्नो चित्र सकाएर बुझाउन यति हतार थियो कि उसले केही वास्ता नगरी यता उता रङहरू लगाउन थाल्यो । केही घण्टामा नै चित्र चित्रण गरेर सकायो । उसले आफ्नो चित्रमा चम्किला रङहरूको पूरा क्यानभास भर्‍याे तर राम्रो तरिकाले पानीको रङ र आकाशमा रङ नै लगाउन सकेन तैपनि ऊ आफ्नो गति र कामबाट धेरै खुसी थियो, त्यसैले सकाउने बित्तिकै उसले जित्छु भनेर विश्वस्त गर्दै सङ्कलकलाई आफ्नो क्यानभास पठायो ।

रोहनले अरू सबै कलाकृतिहरूलाई ध्यानपूर्वक पनि हेर्‍याे तर उसको विचारमा उसलाई आफ्नो काम सबैभन्दा राम्रो र रङ्गीन लाग्यो । रोहनको चित्र हतारमा कोरिएको जस्तो सङ्कलकले सहजै थाहा पाए । समुद्रको किनार बाङ्गिएका थिए, दृष्टिकोण गलत थियो र विवरणहरू अव्यवस्थित थिए । सङ्कलकले उसलाई विनम्रतापूर्वक धन्यवाद दिए तर उसको चित्र चाहिँ छनोट गरेनन् ।

दुःखी र निराश हुँदै रोहन त्यँहाबाट फर्कियो । "मानिसहरूले मेरो प्रतिभा किन देख्न सक्दैनन् होला ?" घर जाँदै गर्दा उसले आफैलाई सोध्यो । त्यति वेला उसले नदीको किनारमा एक वृद्ध मानिस एक्लै चुपचाप बसेर सूर्यास्तको चित्र बनाइरहेको दिख्यो । त्यो मानिसको चाल ढिलो र शान्त थियो । अरिन गएर उनको चित्र हेर्न थाल्याे ।

"तपाईंलाई चित्र बनाउन कति धेरै समय लागेको ?" रोहनले सोध्यो । "म मेरो चित्र केही घण्टामै बनाएर सकाउँछु । तपाँइको गतिमा गए त एउटै चित्र सकाउन मलाई १ हप्ता लाग्थ्यो ।"

वृद्ध चित्रकार मुसुक्क मुस्कुराए र उनलाई भने "चित्र बनाउनु, कसले सबैभन्दा छिटो सकाउन सक्छ भन्ने दौड होइन । कला प्रतिस्पर्धा होइन । रङ र आकारहरू आफ्नो अभिव्यक्ति हुन् । धैर्यले नै एउटा मानिस असल चित्रकार बन्न सक्छ।"

रोहनले आफ्नो चित्रकलाको अघिल्लो प्रयास सम्झियो र बल्ल बुझ्यो कि उसले आफ्नो पहिलो कृतिमा छायाँ, बनावट, रङहरूको राम्रो छनोट र प्रकाशको विवरण जस्ता साना कुराहरूलाई बेवास्ता गरेको थियो । त्यो रात, उसले फेरि नँया कृति बनाउने प्रयास गर्ने निर्णय गर्‍यो तर यस पटक उसले फरक तरिकाले आफ्नो काम गर्‍याे । उसले फेरि त्यस समुद्र बनाउन सुरु गर्‍याे । समुद्रको सुन्दरताले उसलाई जहिल्यै मन्त्रमुग्ध बनाउथ्यो । उसले फेरि सुरुवातबाट नै आफ्नो चित्र कोर्न थाल्यो ।

भोलिपल्ट बिहान, उसले चाँडै आफ्नो चित्रमा रङ लगाउन सुरु गर्‍याे र बिस्तारै काम गर्‍याे क्यानभासमा रङलाई बिस्तारै भर्दै, स-साना विवरणहरूलाई पनि ध्यान दिई, नँया नँया रङहरू मिसाउँदै काम गर्‍याे । राम्रो नदेखिएमा चित्र मेटाउँदै, समय लगाउँदै काम गर्दै गयो ।

दिनहरू बित्दै गए र रोहनले आफ्नो धैर्यता बिस्तारै बढ्दै गएको महसुस पनि गर्‍याे र उसलाई गाह्रो पर्दा उसले बुढो चित्रकारको शब्दहरू सम्झन्थ्यो र आफूलाई धैर्य गर्न बाध्य गर्थ्यो । उसको चित्र बिस्तारै राम्रो देखिन थाल्यो । समुद्र, बालुवा स्पष्ट रूपमा छुटिएको थियो र सूर्य पनि फोटोमा हेरे जस्तै चम्किरहेको थियो । अन्ततः एक हप्ताको मिहिनेत पछि उसले आफ्नो चित्रकला पूरा गर्‍याे ।

उसले आफ्नो चित्रकला त्यही चित्र सङ्कलकलाई बुझायो । यस पटक चाहिँ चित्र सङ्कलक चित्रदेखि मनमोहित भए । उनले ग्यालरीमा प्रदर्शन गर्न अरिनलाई रोजे । मानिसहरू ग्यालरीमा जाँदा उसको काम हेर्थे र उसको प्रशंसा पनि गर्थे । ऊ बिस्तारै लोकप्रिय हुँदै गयो । उसले यसपछि आफूले बनाउने सबै चित्रहरू धैर्यसाथ बनाए र रङ भरे र विवरणहरू थपे, जसले गर्दा ऊ गाउँमा मात्र होइन, शहरमा पनि चिनिन थाल्याे । रोहनले आफूलाई मन पर्ने काम गरेरै पैसा कमाए र अन्तमा रोहनले बुढो चित्रकारको भनाइलाई सधैँ स्मरण गरिगरह्यो कि धीरता भनेको एक सद्गुण हो । आखिर सबै कुरा सजिलो हुनुभन्दा पहिले गाह्रो हुन्छ ।

0 reads

Published on 1/1/2026

Image

Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prasiddhi Dangol

Grade 10

Roll No: 28009

77

More Articles from

Student

Underline
How I spend my leisure time.

How I spend my leisure time.

Published 5/6/2021
Art And Artists

Art And Artists

Published 5/31/2021
Natural resources

Natural resources

Published 6/2/2021
म सानी नानी

म सानी नानी

Published 6/9/2021
Time and tide wait for none

Time and tide wait for none

Published 6/18/2021
काठमाडाैँ सहर

काठमाडाैँ सहर

Published 6/28/2021
भविष्यकाे याेजना

भविष्यकाे याेजना

Published 7/5/2021
Balanced Diet

Balanced Diet

Published 7/16/2021
चिडियाखाना घुमघाम

चिडियाखाना घुमघाम

Published 9/21/2021
Let’s Talk About Prion

Let’s Talk About Prion

Published 9/29/2021
खाेला

खाेला

Published 10/29/2021
What is Religious Tolerance

What is Religious Tolerance

Published 11/16/2021
Music: The Healing God

Music: The Healing God

Published 12/10/2021
We want Peace not War

We want Peace not War

Published 1/10/2022
ट्याक्टर र कृषि

ट्याक्टर र कृषि

Published 1/12/2022
Craving a Pie

Craving a Pie

Published 1/21/2022
ठन्डियाम

ठन्डियाम

Published 2/11/2022
Beautiful Nature Blows our Mind

Beautiful Nature Blows our Mind

Published 3/10/2022
Chocolate’s Master

Chocolate’s Master

Published 3/11/2022
विद्यार्थी र विद्यालय

विद्यार्थी र विद्यालय

Published 3/16/2022
Mother

Mother

Published 5/25/2022
गर्मी मौसम

गर्मी मौसम

Published 5/26/2022
Discipline

Discipline

Published 6/6/2022
आमा

आमा

Published 6/7/2022
Life

Life

Published 6/24/2022
वातावरण

वातावरण

Published 6/27/2022
लक्ष्य

लक्ष्य

Published 8/16/2022
जाडो

जाडो

Published 8/24/2022
स्वास्थ्यको महत्त्व

स्वास्थ्यको महत्त्व

Published 10/13/2022
True Beauty

True Beauty

Published 11/4/2022
Choices We Make

Choices We Make

Published 11/10/2022
Laws should Be Equal For Everyone

Laws should Be Equal For Everyone

Published 1/10/2023
Rain

Rain

Published 1/20/2023
Agriculture System In Nepal

Agriculture System In Nepal

Published 2/7/2023
गर्मी बिदा

गर्मी बिदा

Published 2/8/2023
Knowledge Is Power

Knowledge Is Power

Published 2/15/2023
मेरो देश

मेरो देश

Published 3/2/2023
मित्रता

मित्रता

Published 3/21/2023
मेरो गाँउ

मेरो गाँउ

Published 5/16/2023
नेपाल

नेपाल

Published 5/24/2023
Is Yoga a need of time?

Is Yoga a need of time?

Published 6/2/2023
Save Earth

Save Earth

Published 6/16/2023
पुस्तकवार्ता कार्यक्रम:

पुस्तकवार्ता कार्यक्रम:

Published 6/27/2023
गुरु

गुरु

Published 7/4/2023
Formula to live forever: Curse or Blessing?

Formula to live forever: Curse or Blessing?

Published 7/17/2023
देशप्रति मेराे कर्तव्य:

देशप्रति मेराे कर्तव्य:

Published 7/28/2023
Joy

Joy

Published 8/16/2023
खुसी

खुसी

Published 8/25/2023
प्रकृति

प्रकृति

Published 11/2/2023
Getting Lost

Getting Lost

Published 11/30/2023
साथी

साथी

Published 12/12/2023
सहिदको रगत

सहिदको रगत

Published 12/20/2023
आमा

आमा

Published 12/27/2023
The Young Generation

The Young Generation

Published 1/17/2024
A Stitch in Time Saves Nine

A Stitch in Time Saves Nine

Published 1/25/2024
बाटो

बाटो

Published 3/11/2024
आमा !

आमा !

Published 5/9/2024
विज्ञान र प्रविधि

विज्ञान र प्रविधि

Published 5/17/2024
Growing Up

Growing Up

Published 5/28/2024
नेपाली हाम्राे पहिचान

नेपाली हाम्राे पहिचान

Published 5/31/2024
पोखरा भ्रमण

पोखरा भ्रमण

Published 6/4/2024
परम्पराप्रति माया

परम्पराप्रति माया

Published 6/26/2024
मिहिनेतको फल

मिहिनेतको फल

Published 8/3/2024
Memory

Memory

Published 8/8/2024
बरगदको रुख

बरगदको रुख

Published 9/6/2024
Rebirth of The Divine

Rebirth of The Divine

Published 9/14/2024
धैर्य र प्रयास

धैर्य र प्रयास

Published 9/21/2024
भर्चुअल रियालिटी

भर्चुअल रियालिटी

Published 11/21/2024
पुस्तकानुभूति अव्यवस्थित सामाजिक समस्याहरूको प्रतिबिम्ब  ‘नाैगेडी नाटक’

पुस्तकानुभूति अव्यवस्थित सामाजिक समस्याहरूको प्रतिबिम्ब ‘नाैगेडी नाटक’

Published 7/1/2025
The First Bloom

The First Bloom

Published 9/3/2025
Earth is Our Home

Earth is Our Home

Published 10/7/2025
Holes

Holes

Published 10/27/2025
मनोज भण्डारीको ‘ईश्वरलाई चिठी’: जीवन, प्रकृति र समाजका विविध रङहरू

मनोज भण्डारीको ‘ईश्वरलाई चिठी’: जीवन, प्रकृति र समाजका विविध रङहरू

Published 11/13/2025
Franskenstein

Franskenstein

Published 1/19/2026
Erika and King Tribhuwan

Erika and King Tribhuwan

Published 1/21/2026
Biotechnology:

Biotechnology:

Published 2/4/2026