बरगदको रुख
पहिलेको समयमा पूर्वी नेपालमा खुम्बु नामको एक गाउँ थियो । हरि आफ्नी श्रीमती गीतासँग त्यस गाँउको बिचतिर रहेको एउटा सानो घरमा बस्थे । यो चाँहि गर्मीको मध्यतिरको समयको कुरा थियो । घाम चम्किरहेको थियो । गाउँ पनि स्वर्गीय देखियाे तर एक समस्या खडेरी थियो । गाउँमा पानी नपरेको झन्डै एक महिना भइसकेको थियो र गाउँका सबै बाली लगभग सुकिसकेका थिए । उनीहरूले नयाँ बाली रोप्न पनि सक्दैनथे किनभने त्यसमा सिँचाइ गर्न पानी नै थिएन । एक अर्को अचम्मको कुरा त्यस गाउँको बिचमा एउटा पुरानो बरगदको रुख थियो । यो रुखलाई भगवान् स्वरूप नै मानिन्थ्यो र पुस्तौँदेखि गाउँको लोककथाहरूको एक भागसमेत थियो। गाउँलेहरूले रूखलाई मान्छे जस्तै आदर गर्थे । प्रायः यसको विशाल रूप मुनि शान्ति खोज्न र वर्षाको लागि प्रार्थना गर्न भेला हुन्थे ।
गाउँलेहरूमध्ये दिनेश बाजे नामका एक बुद्धिमान् वृद्ध थिए, जो आफ्नो पुरानो किंवदन्ती र परम्पराको ज्ञानका लागि चर्चित थिए । एक साँझ, गाउँलेहरू बरगदको रूखमुनि आफ्नो दुर्दशाबारे छलफल गर्न भेला हुँदा दिनेश बाजेले आफ्ना पुर्खाहरूले उहाँलाई सुनाएको एक पुरानो कथा सुनाए । बरगद मुनि पानीको श्रोत लुकेको छ जसले गाउँलाई खडेरीबाट बचाउन सक्छ भनेर उनले बताए । कथाले उत्साहित भएर हरिले यो समस्यालाई आफ्नै हातमा लिने निर्णय गर्यो । हरिलाई उसको बहादुरी र बुद्धिमताका लागि पनि चिनिन्थ्यो । उसले आफ्नी बुढी गीतालाई लुकेको पानीको स्रोत पत्ता लगाउनको लागि आफ्नो साथ दिन राजी गराए । हरि बाजेको मार्गदर्शनमा उनीहरूले भोलिपल्टै आफ्नो खोज सुरु गरे।
उनीहरूले बरगदको रुखको जरा वरिपरि खन्न सुरु गरे । पानीको केही न केही सङ्केत पाउने आशामा । घण्टाैँको कठिन परिश्रमपछि उनीहरूले एक पुरानो पत्थर फेला पारे । जसमा प्राचीन लेखोटहरू थिए । हरि बाजेले ती लेखोटहरू पढे । जसले एउटा पहेली खुलायो: "जहाँ जराहरू पृथ्वीलाई अँगाल्छन्, र सूर्य पातहरूलाई चुम्छ, त्यहाँ गाउँको जीवनदायिनी निदाउँछ।"
हरि र उसकी बुढीले पहेलीको बारेमा सोचे र यो वरको रुखको जराहरूको सङ्केत गरिरहेको हुनुपर्छ भनेर सोचे । उनीहरूले जराहरू वरिपरि अझ गहिराइमा खन्ने निर्णय गरे। जब उनीहरूले खन्न सुरु गरे उनीहरूले जमिनबाट चिसो ओसिलो हावा आउन थालेको महसुस गरे । प्रोत्साहित हुँदै उनीहरूले अझै जाेसका साथ खन्न थाले । र पछि गएर उनीहरूले केही कडा वस्तुलाई ठोके।
अचम्मका साथ उनीहरूले एउटा लुकेको कोठा फेला पारे । जुन सफा, चम्किलो र पानीले भरिएको थियो । त्यो पानी शुद्ध र चिसो थियो । यो जमिनमुनिको कुवाबाट बगिरहेको थियो । उनीहरू खुसीले हाँस्दै आफ्ना भाँडाहरू पानीले भरे र गाउँमा समाचार सुनाउन दौडिए । गाउँलेहरूले पानी देख्दा उनीहरूका आँखाहरू नै ठुल् ठुला भए, आफूले देखेपनि उनीहरूले आफुअघिको दृश्य विश्वास नै गर्न सकेनन्। उनीहरू बरगदको रुख वरिपरि भेला भए, र हरी र गीताको बहादुरी र दृढताका लागि उनीहरूको प्रशंसा गरे। लुकेको कुवाबाट आएको पानी गाउँको प्यास मेट्न र सुक्खा खेतहरू पुनर्जीवित गर्न पर्याप्त नै सावित भयो ।
नयाँ पानीको स्रोतसँगै खुम्बु गाउँ पुनः फस्टायो । खेतहरू हरिया भए । गाउँलेहरूको आत्मा पनि खुसी भयो । बरगदको रुख पहिले नै खुसी र जादुको प्रतीक अब गाउँलेहरूको लागि आशा र जीवनको प्रतीक बन्न पुग्यो । हरि र गीताको खोजले गाउँमा एकता, दृढता, आदि सबै बढायो । त्यस दिनदेखि, जादुमय बरगदको रुखलाई अझ बढी सम्मान गरियो । यसको जराहरूको मुनि लुकेको पानीको कथा प्रत्येक बालबालिकालाई सुनाइयो । यो पछि गएर एक प्रसिद्ध लोककथा नै बन्न पुग्यो ।
0 reads
Published on 9/6/2024
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 9
Roll No: 28009
77
More Articles from
Student