नेपाली हाम्राे पहिचान
नेपाल हो एक सुन्दर देश,
गुण नै यहाँका विशेष,
छन् अनेक शक्ति र
परम्परा पनि,
म गर्वका साथ भन्छु
परम्परामा बाँधिए पनि
पवार्ह छैन मलाई केही
किनकि साथ छ सबैको,
यो देश छ अनौठो,
१०० जातले भरिएको,
परम्परामा विविधता फैलिएकाे,
कोही हाैँ हामी मधेसी,
कोहि हामी हिमाली,
काेही हामी पहाडी
तर सबै यही रगत रातै हो,
परम्परा हो एकतामा
विविधताको मेरुदण्ड,
यही हो हाम्रो पहिचान,
चिनाएको छ हामीलाई विश्वमा,
बनाएको छ हामीलाई चर्चित,
जीवन नै बलिदान दिई,
बचाउने थिए हाम्रो चिनारी,
हामी सबै एक हौ,
परम्परा छ त हामी छौँ।
परम्परा छैन त हाम्राे छैन पहिचान,
फूलको मालामा गाँसिएको छ परम्परा,
विगत अनि वर्तमान
यही हो हाम्रो स्वाभिमान,
यही हो हाम्रो चिनारी,
यही हो हाम्रो परम्परा।
गत वर्ष मेरो नवौँ कक्षाको परीक्षा सकिएपछि मेरी आमा, मेरा दुई दाजु र म भारतको वृन्दावन घुम्न र त्यहाँ रमाइलो गर्न गयौँ । मेरो अन्तिम परीक्षा सकिएको भोलिपल्ट हामी त्यहाँ गयौँ । मनमा अनेक तर्कना बुन्दै यात्राकाे कल्पना गर्दै म मेराे परिवारसहित वृन्दावनतिर घुम्न लागेँ ।
हाम्रो यात्रा धेरै लामो थियो । ७ बजे सुमो लिएर वीरगन्ज पुग्यौँ र १:३०मा त्यहाँ पुग्यौँ । त्यो दिन हामी धेरै थाकेका थियौँ । हामी २ दिन वीरगन्जमा ठूलो मामुको घरमा बस्यौँ । त्यहाँ गएपछि हामी सुत्थ्यौँ र राती उठेर आइपिएल हेर्यौं । भोलिपल्ट हामी ढिलो उठेका थियौ । हामी नित्य कर्म गरेर मन्दिर गयौँ र घर आएर खाजा खायौँ । त्यसपछि झोला प्याक गरेर वृन्दावनमा नचाहिने सामानहरू छोड्न थाल्यौँ । हामी रक्सौलमा रेलबाट वृन्दावनको यात्रा गर्न त्यहाँ जाँदै थियौँ । भोलिपल्ट बिहान हामी त्यो ढिलो उठ्यौँ र वृन्दावन जाँदा रेलमा आवश्यक पर्ने खाना तयार गर्यौँ । त्यसपछि ३ तिर बजेतिर हामी त्यहाँबाट निस्कियौँ र अटोमा रक्सौल गयौँ । रक्सौल पुगिसकेपछि फेरि त्यहाँबाट रेल स्टेसनसम्म अर्को अटो चढ्यौँ । हामी करिब ४ बजे त्यहाँ पुग्यौँ र ११ बजेसम्म त्यहाँ बस्याैँ । कारण के थियो भने हामी चढ्ने रेल बिग्रिएको र मर्मत भइरहेको थियो । रेल आइपुग्दा म वृन्दावन जान निकै उत्साहित थिएँ । रेलमा बसेपछि राती भइसकेको थियो त्यसैले हामी सुत्यौँ। बिहान म वृन्दावन आउने कुर्दै थिए तर भोलिपल्ट ९ बजे मात्रै हामी वृन्दावन पुग्ने कुरा मैले सुनेँ । त्यो सुन्दा मलाई पनि साह्रै थाकेको महसुस भएको थियो । हामीले त्यो दिन यात्राको आनन्द उठायौँ र भोलिपल्ट बिहान ४ बजे दिल्ली पुग्यौँ । दिल्लीमा हाम्रा महाराजजी उहाँको गाडीमा हामीलाई लिन आउनुभएको थियो । त्यसपछि बाटोमा हिँड्दै गर्दा म गाडीमा सुतेँ र हामी बसेको ठाउँ आइपुग्दा आमाले मलाई उठाउनुभयो । त्यसपछि म महाराजीजको कोठामा गएँ । हामी नुहाएर अलि फुर्तिला भयौँ र महाराजजीले पूजा गर्नुभयो । हामीले पनि पूजा गर्यौँ । त्यसपछि महाराजजीले प्रसाद ल्याएर हामीलाई दिनुभयो । त्यसपछि उहाँले हामीलाई बाके बिहारी मन्दिरमा जान भन्नुभयो र हामी त्यहाँ, उहाँ सँगै गयौँ । त्यहाँ भीड धेरै थियो । हामी त्यहाँ प्रार्थना गरेर आश्रममा फर्कियौँ र करिब २ घण्टा सुत्यौँ । साँझ फेरि बर्सनामा गएर आयौँ । एक दिन हामी धेरै भाग्यमानी थियौँ किनभने हामीले रामभद्राचार्य महाराजजीलाई उहाँको एउटा कार्यक्रममा प्रत्यक्ष देख्न पाएका थियौँ । हामीले त्यहीँ खाना खायौँ र आएर फेरि सुत्यौँ । केही दिनपछि अक्षरधाम घुम्न दिल्ली गयौँ । हामीले त्यहाँ स्वामीनारायणको अभिषेक पनि गर्यौँ । म पनि दिल्लीमा मेरो हजुरबुवालाई भेट्न गएँ । उहाँले मलाई एउटा डब्बामा अन्जिरी भन्ने मिष्ठान उपहार स्वरूप दिनुभयो । हामी पनि १ दिन दिल्लीमा बस्यौँ ।
भोलिपल्ट हाम्राे फर्किने दिन थियाे । हामी त्यहाँबाट रेल चढेर रक्सौलतर्फ लाग्यौँ । त्यसपछि हामी मामालाई भेट्न हेटौँडा गयौँ र त्यहाँ ३ – ४ घन्टा बसेर काठमाडौं फर्कियौँ । यस पटककाे मेराे बिदा मैले यसरी घुमेर रमाइलाे गरी बिताएँ । वृन्दावनको मेराे यात्रा धेरै रमाइलो थियो । म फेरि वृन्दावन भ्रमण गर्न चाहन्छु ।
0 reads
Published on 5/31/2024
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 9
Roll No: 28009
77
More Articles from
Student