Lighthouse
A lighthouse stands tall and strong, shining its light to guide ships safely through darkness and storms. In the same way, creative writing can be like a lighthouse in our school—it helps us express our thoughts, share our ideas, and inspire others with our words. When one student writes a story, a poem, or even a simple paragraph, it can light the way for others to explore their own imagination. Just like a lighthouse encourages sailors to keep going, your writing can encourage your friends to be bold, think differently, and tell their own stories. So let your creativity shine bright, and be the light that inspires your fellow students to join you in the wonderful world of writing!
All Elementary School Middle School High School
Mar
22
Underline
मेरो घर

मेरो घर

Sansa Dahal

मेरो घरमेरो घर गुलाबी रङको छ। मेरो घरमा पाँचवटा पलङ छन् । मेरो घरमा एउटा कुकुर छ । मेरो घर नयाँ बस्तीमा छ। मेरो घर तीन तलाको छ। मेरो घरमा १५ वटा झ्याल छन्। मेरो घर ठुलो छ। मेरो घरमा नौवटा कोठा छन् र तीनवटा टिभी छन्। कोठाभित्र चारवटा सोफा छन्। नौवटा ढोका छन्। कोठामा टेबुल पनि छ। बाहिर बगैँचामा बिरुवा रोपिएको छ।

Mar
22
Underline
My Version of “The Lost Button”

My Version of “The Lost Button”

Prajin Khadka

My Version of “The Lost Button”One bright morning, Pretty the Mouse woke up feeling very happy. It was the day of her school picnic. She quickly got dressed and wore her favorite blue jacket with sparkling buttons. But suddenly, she stopped.“Oh no! One of my buttons is gone!” she cried.“I can’t go like this,” she said with a worried face.Pretty started searching everywhere. She checked her bed and opened her toy box, but the button was nowhere to be found. Just then, her friend Canu the Turtle walked in.“Why do you look upset?” Canu asked.“I lost my button,” Pretty said softly.“Don’t worry, I’ll help you find it,” said Canu.They both searched around the house. They looked behind the cookie jar in the kitchen and even under the couch, but they still couldn’t find it.After a while, they heard a soft chirping sound. It was Moina the Bird sitting nearby.“Is this what you are looking for?” Moina asked, holding a small shiny button in her beak.“Yes, that’s mine!” Pretty said excitedly. “Where did you get it?”“It rolled into my nest when I was flying past your window,” Moina replied.Pretty felt very happy. “Thank you so much!” she said.Canu carefully stitched the button back onto Pretty’s jacket. Soon, she was ready for the picnic again.At the picnic, Pretty played, laughed, and had a wonderful time with her friends.That day, Pretty realized that with the help of good friends, even a small problem can turn into a fun adventure.

Mar
22
Underline
पृथ्वी

पृथ्वी

Rudransh Pokharel

पृथ्वीहाम्री प्यारी पृथ्वी आमा कति राम्री छिन् निलो आकाश हरियो वन सबैको मन लोभ्याउँछिन् नदीनाला हिमाल पहाड खेत अनि वन यी सबै हुन् धर्तीका गहना र धन हावा दिन्छिन् हामीलाई पानीले मेट्छ तिर्खा माटोमा फल्छ अन्नबाली हराउँछ सबैकाे पिर मर्का जथाभावी फोहोर फाली वातावरण बिगार्नुहुँदैन दुःख दिई आमालाई रुवाउनु हुँदैन साझा हाम्रो यो पृथ्वी साझा हाम्रो घर हाे पशुपन्छी खेल्ने गर्छन् यताउता वरपर मिठा फल खान्छौँ हामी रमाउँछौँ साह्रै जीवन दिने पृथ्वीलाई जोगाउँछौँ सधैँ ॥Encouragement: Sindhu Paudel

Mar
22
Underline
My Family

My Family

Aaradhya Tripathee

My FamilyA family is a group of people who love and care for each other. In my family, there are five people: my grandmother, my grandfather, my father, my mother, and me.My mother’s name is Rabina Panthi Tripathee and my father’s name is Amrish Tripathee. My grandfather’s name is Achyut Raj Tripathee, and my grandmother’s name is Bindu Tripathee. My name is Aaradhya Tripathee.My family takes care of me and supports me in everything I do. They are my best friends. All the members of my family are hardworking, and they work very hard to take care of the family.I love my family very much because they always care for me and make me happy.

Mar
22
Underline
मेराे दसैँ

मेराे दसैँ

Cyra Regmi

मेराे दसैँ२०८१ सालकाे मेराे दसैँ रमाइलाे गरी बित्याे ।म दसैँकाे घटस्थापनाकाे दिन म घरमै बसेर पढेँ । घटस्थापनाकाे तीन दिनपछि म विमानस्थल गएँ र थाइएयरबस चढेर थाइल्याण्ड गएँ । तीन घण्टा प्लेनमा बसेपछि ल्यान्ड गर्याे । त्यहाँ पुग्ने बेलामा अँध्याराे भइसकेकाे थियाे । त्यहाँ ल्यान्ड भएपछि हाम्राे लगेज लिन गयाैँ । त्यसपछि हामी थाइल्यान्डमा पाँच दिनसम्म बस्याैँ । पाँच दिनपछि हामी फेरि नेपाल फर्कियाैँ । घर आएर दुई दिनसम्म हामी घरमै बस्याैँ । दुई दिनपछि हामी टिका लाउन गयाैँ । मेराे दसैँ धेरै रमाइलाे भयाे ।

Mar
22
Underline
Soccer

Soccer

Kavya Khadka

SoccerSoccer, also called football, is the most popular sport in the world. People from different countries, cultures, and ages all enjoy playing and watching this exciting game. You can see children playing soccer in streets, parks, and school grounds almost everywhere. A soccer match is played between two teams, and each team has eleven players. The main aim is to score goals by kicking the ball into the opponent’s net. Players use their feet, head, and chest to control the ball, but they cannot use their hands. The goalkeeper is the only player allowed to use hands, and their job is to protect the goal. The game is played on a big field with two goalposts. It has two halves, usually 45 minutes each. A referee controls the match and makes sure all the rules are followed. Sometimes, the match becomes very exciting when teams score goals at the last minute! Soccer is not just about running and kicking. It requires skill, teamwork, and quick thinking. Players must pass the ball carefully, work together, and stay focused. Skills like dribbling, passing, and shooting make the game more interesting. Many famous players, like Cristiano Ronaldo, are loved by fans around the world. They practice hard and show great dedication, inspiring young players to follow their dreams.One of the biggest soccer tournaments is the FIFA World Cup. It takes place every four years, where countries compete to become the best in the world. Millions of fans watch and support their favorite teams with great excitement.Soccer is easy to play because it does not require expensive equipment. Just a ball and some space are enough. It helps people stay healthy and teaches values like teamwork, discipline, and respect.In conclusion, soccer is more than just a sport. It brings people together, spreadshappiness, and creates unforgettable moments. That is why it is loved all over theworld.

Mar
22
Underline
वफादार कुकुर भैरेको बलिदान

वफादार कुकुर भैरेको बलिदान

Aariv Subedi

वफादार कुकुर भैरेको बलिदानएक सानो नेपाली गाउँमा राम नामको एउटा जवान केटा बस्थ्यो। उसको सबैभन्दा नजिकको साथी थियो उसको वफादार कुकुर । जसको नाम भैरे थियो। भैरे सधैँ रामसँगै हुन्थ्यो—चाहे ऊ खेतमा काम गर्दा होस् वा गाउँको छेउमा खेल्दा होस्। रामलाई जङ्गलमा घुम्न निकै मन पर्थ्यो, किनकि त्यहाँका हरिया रुखहरू, चिसो हावा र रहस्यमय आवाजहरूले उसलाई आकर्षित गर्थे। एक दिन रामले जङ्गलको गहिराइमा गएर नयाँ साहसिक अनुभव गर्ने विचार गर्‍यो। ऊ भैरेलाई पनि साथमा लिएर जङ्गलतिर हिँड्यो। जङ्गलमा प्रवेश गरेपछि उनीहरूले ठुला–ठुला रुखहरूका बिचबाट बाटो बनाउँदै अघि बढे। सूर्यका किरणहरू रुखका पातहरूबाट छिरेर जमिनमा सुन्दर आकृति बनाइरहेका थिए, र चराहरूको चिरबिरले वातावरणलाई अझ जीवन्त बनाइरहेको थियो। राम खुसी हुँदै भन्थ्यो, “भैरे, यो जङ्गलमा कति राम्रा चीजहरू छन् ! हामीले यसलाई राम्रोसँग अन्वेषण गर्नुपर्छ।” भैरेले पनि खुसी हुँदै पुच्छर हल्लाउँदै उसलाई पछ्याइरह्यो । तर जङ्गलको गहिराइमा पुग्दा उनीहरूले एउटा अनौठो आवाज सुने, जसले उनीहरूलाई सतर्क बनायो। अचानक एउटा जङ्गली बाघ उनीहरूको अगाडि आयो। उसका आँखाहरू क्रोधले रातो भएका थिए र दाँतहरू चम्किरहेका थिए। राम डरले थरथर काँप्न थाल्यो। ऊ भाग्न खोज्यो, तर उसका खुट्टा जमिनमै अड्किए। त्यही बेला भैरेले रामलाई बचाउँन आफूलाई बाघको अगाडि उभ्यायो र जोरले भुक्न थाल्यो। बाघले भैरेमाथि आक्रमण गर्‍यो, तर भैरेले बहादुरीका साथ सामना गर्‍यो। उसले बाघको टाउकोतिर टोक्न खोज्यो, तर बाघ धेरै बलियो थियो। राम चिच्याउँदै भन्यो, “भैरे, भाग! मलाई छोड!” तर भैरेले सुनेन। ऊ रामलाई बचाउँन आफ्नो जीवन दाउमा लगाइरहेको थियो। लडाइँको क्रममा भैरे घाइते भयो। उसको शरीरबाट रगत बग्न थाल्यो, तर अन्ततः उसले बाघलाई पछि हट्न बाध्य बनायो। बाघ डराएर जङ्गलको गहिराइतिर भाग्यो। राम दौडेर भैरेकहाँ पुग्यो। उसले भैरेलाई अँगालो हाल्यो, तर भैरेको सास कमजोर भइसकेको थियो। भैरेले अन्तिम पटक रामको अनुहारतिर हेर्‍यो, हल्का पुच्छर हल्लायो र बिस्तारै आँखा बन्द गर्‍यो। राम रोएर चिच्याउँदै भन्यो, “भैरे, तिमीले मलाई बचाउँन आफ्नै जीवन बलिदान दियौ। म तिमीलाई कहिल्यै बिर्सने छैन। रामले भैरेलाई जङ्गलको एउटा सुन्दर ठाउँमा गाड्यो र भारी मन लिएर घर फर्कियो। गाउँमा पुगेर उसले सबैलाई यो घटनाबारे सुनायो। गाउँका मानिसहरूले भैरेलाई बहादुर र वफादार कुकुरका रूपमा सम्मान गरे। त्यसपछि रामले जङ्गलमा घुम्न त छोडेन, तर सधैँ सतर्क रहन थाल्यो। भैरेको सम्झनामा उसले एउटा सानो स्मृतिस्थल पनि बनायो। ऊ गाउँका बच्चाहरूलाई भैरेको कथा सुनाउँथ्यो, जसबाट उनीहरूले वफादारी र बहादुरीको पाठ सिक्थे। वर्षौँपछि पनि रामले भैरेलाई सम्झँदा उसका आँखा रसाउँथे। ऊ कहिलेकाहीँ जङ्गलमा गएर भैरेको समाधिमा फूल चढाउँथ्यो। भैरेको बलिदानले रामको जीवनमा गहिरो प्रभाव पारेको थियो, र ऊ सधैँ आफ्नो प्रिय साथीप्रति कृतज्ञ रह्यो।

Mar
22
Underline
समयको महत्त्व

समयको महत्त्व

Aadar Timalsina

समयको महत्त्वमानिसको जीवनमा समय सबैभन्दा महत्त्वपूर्ण कुरा हो । संसारमा धेरै यस्ता चिजहरू छन् जुन हराएपछि फेरि पाउन सकिन्छ, जस्तै पैसा, सामान वा अवसरहरू तर समय भने यस्तो चिज हो, जुन एकपटक बितेपछि कहिल्यै फर्केर आउँदैन । त्यसैले समयको सही उपयोग गर्न जान्नु नै सफल जीवनको आधार हो । समयलाई सम्मान गर्ने मानिसहरू जीवनमा अगाडि बढ्छन्, जबकि समयलाई बेवास्ता गर्ने मानिसहरू पछि पर्छन् ।एक गाउँमा सुरेश नामको एउटा केटा बस्थ्यो । ऊ कक्षा १० मा पढ्थ्यो । ऊ बुद्धिमान त थियो तर उसको एउटा नराम्रो बानी थियो । ऊ समयको कदर गर्दैनथ्यो । ऊ सधैँ आफ्नो कामलाई पछि सार्थ्यो र "भोलि गर्छु" भनेर टार्ने गर्थ्यो । उसलाई खेल्न, साथीहरूसँग घुम्न र मोबाइल चलाउन धेरै मन पर्थ्यो । पढाइ भने उसको प्राथमिकतामा कहिल्यै पर्दैनथ्यो। उसका आमाबुबाले उसलाई धेरै पटक सम्झाएका थिए । बुबाले भन्नुहुन्थ्यो, "छोरा, अहिलेको समय नै तिम्रो भविष्य बनाउने समय हो । यसलाई खेर नफाल ।" आमाले पनि मायालु स्वरमा भन्नुहुन्थ्यो, "अहिले मेहनत गर्‍यौ भने भोलि आराम पाउँछौ ।" तर सुरेशले यी कुरा सुने पनि गम्भीर रूपमा लिँदैनथ्यो ।विद्यालयमा शिक्षकहरूले पनि उसलाई धेरै पटक सचेत गराएका थिए । एक दिन उसको कक्षाशिक्षकले भने, "सुरेश, तिमीमा क्षमता छ तर तिमीले समयको सही उपयोग गर्न सकेका छैनौ । यदि तिमीले अहिले ध्यान दिएनौ भने पछि पछुताउनु पर्छ ।" यो कुरा सुन्दा सुरेश केही समय गम्भीर हुन्थ्यो तर केही दिनपछि फेरि पुरानै बानीमा फर्किन्थ्यो । समय बित्दै गयो । वार्षिक परीक्षा नजिकिँदै थियो । कक्षाका अरू विद्यार्थीहरू मेहनतका साथ पढिरहेका थिए । उनीहरू नोट बनाउँथे, शिक्षकसँग प्रश्न सोध्थे र समूहमा छलफल गर्थे तर सुरेश भने अझै पनि खेलकुद र मोबाइलमै व्यस्त थियो । उसलाई लाग्थ्यो, "अझै धेरै समय बाँकी छ, पछि पढ्न थाल्छु।"अन्ततः परीक्षा सुरु भयो । पहिलो दिन नै सुरेश अलमलमा पर्‍यो । जब उसले प्रश्नपत्र हेर्‍यो, धेरै प्रश्नहरू उसलाई अपरिचित लागे । उसले उत्तर लेख्ने प्रयास गर्‍यो तर आत्मविश्वास थिएन । दिनप्रतिदिन उसको चिन्ता बढ्दै गयो । उसले महसुस गर्‍यो कि उसले समयको सही प्रयोग नगरेको कारण अहिले समस्या भोगिरहेको छ । परीक्षा सकिएपछि सुरेश निकै निराश भयो । उसले आफैँलाई दोष दिन थाल्यो । उसले सोच्यो, "यदि मैले पहिले नै पढेको भए, आज यस्तो अवस्था आउँदैनथ्यो ।" उसलाई आफ्नो गल्ती स्पष्ट देखिन थालेको थियो।केही हप्तापछि नतिजा प्रकाशित भयो । सुरेशले धेरै विषयमा कम अङ्क ल्यायो । उसका साथीहरूले राम्रो अङ्क ल्याएका थिए । केहीले त उत्कृष्ट नतिजा पनि ल्याएका थिए । सुरेशलाई धेरै दुःख लाग्यो । ऊ घर फर्किँदा टाउको निहुराएको थियो । घरमा आमाबुबाले नतिजाबारे सोध्नुभयो । सुरेशले सबै कुरा इमान्दारीपूर्वक बतायो । उसले आफ्नो गल्ती स्वीकार गर्‍यो । आमाले शान्त स्वरमा भन्नुभयो, "गल्ती सबैबाट हुन्छ तर त्यसबाट सिक्न सक्नु नै ठुलो कुरा हो ।" बुबाले थप्नुभयो, "अझै समय छ, यदि तिमी परिवर्तन हुन चाहन्छौ भने ।"त्यो दिन सुरेशले गम्भीर निर्णय गर्‍यो । उसले आफ्नो जीवनशैली परिवर्तन गर्ने सोच बनायो। उसले समयको मूल्य बुझ्ने प्रयास गर्‍यो । उसले दैनिक तालिका बनायो । बिहान उठ्ने समय, पढ्ने समय, आराम गर्ने समय र खेल्ने समय छुट्ट्यायो। उसले मोबाइलको प्रयोग पनि सीमित गर्‍यो । सुरुवातमा उसलाई धेरै गाह्रो भयो । पुरानो बानी छोड्न सजिलो थिएन। कहिलेकाहीँ उसलाई फेरि पुरानै तरिकामा फर्किन मन लाग्थ्यो तर उसले आफ्नो असफलता सम्झिन्थ्यो र आफूलाई रोक्थ्यो । उसले आफ्नो लक्ष्य स्पष्ट बनायो, अर्को परीक्षामा राम्रो गर्नु । दिनप्रतिदिन सुरेशमा परिवर्तन आउन थाल्यो। अब ऊ नियमित रूपमा विद्यालय जान्थ्यो, शिक्षकको कुरा ध्यानपूर्वक सुन्थ्यो र घर आएपछि पढाइमा समय दिन्थ्यो । उसले साथीहरूसँग पनि पढाइसम्बन्धी कुरा गर्न थाल्यो । बिस्तारै उसको आत्मविश्वास बढ्दै गयो ।केही महिनापछि अर्को परीक्षा आयो । यसपटक सुरेश तयार थियो । उसले मेहनतका साथ परीक्षा दियो। प्रश्नहरू बुझिन्थे र उसले स्पष्ट रूपमा उत्तर लेख्यो । परीक्षा सकिएपछि ऊ सन्तुष्ट थियो, किनकि उसले आफ्नो तर्फबाट पूरा प्रयास गरेको थियो । जब नतिजा आयो, सुरेशले राम्रो अङ्क ल्यायो । यो उसका लागि ठुलो सफलता थियो । उसका आमाबुबा खुशी भए, शिक्षकहरूले पनि उसको प्रशंसा गरे । सबैभन्दा ठुलो कुरा, सुरेश आफैँ आफ्नो परिवर्तनबाट गर्वित थियो ।उसले जीवनको एउटा महत्त्वपूर्ण पाठ सिक्यो, समयको सही उपयोगले नै सफलता ल्याउँछ । समयलाई बेवास्ता गर्दा असफलता आउँछ तर समयको सम्मान गर्दा अवसरहरू खुल्छन् । आजको समयमा धेरै युवाहरू समयलाई हल्का रूपमा लिन्छन् । मोबाइल, खेल, सामाजिक सञ्जाल जस्ता कुरामा धेरै समय बिताउँछन् । यी कुराहरू पूर्ण रूपमा गलत होइनन् तर यदि सीमित रूपमा प्रयोग गरिएन भने यसले भविष्यमा असर पार्न सक्छ।समय व्यवस्थापन सिक्नु आजको आवश्यकता हो । यदि हामीले आफ्नो समयलाई राम्रोसँग योजना बनाएर प्रयोग गर्‍याैँ भने हामीले धेरै काम सफलतापूर्वक गर्न सक्छौँ । थारै समयलाई पनि उपयोगी बनाउनु सक्छाैँ । खाली समयलाई पढाइ, सीप विकास वा सिर्जनात्मक काममा लगाउन सकिन्छ ।अन्त्यमा, समय जीवनको सबैभन्दा मूल्यवान् सम्पत्ति हो । यसलाई गुमाएर फेरि पाउन सकिँदैन । त्यसैले हामीले प्रत्येक क्षणको मूल्य बुझ्नुपर्छ । आजको दिनलाई सही रूपमा उपयोग गर्‍याैँ भने भोलिको भविष्य उज्यालो हुन्छ । यसैले, हामी सबैले समयको सम्मान गरौँ, यसको सही उपयोग गरौँ र आफ्नो जीवनलाई सफल बनाउने प्रयास गरौँ । किनकि समय नै जीवन हो, र जीवनलाई राम्रो बनाउने जिम्मा हाम्रो आफ्नै हातमा छ ।

Mar
22
Underline
हाम्रो अधुरो कथा

हाम्रो अधुरो कथा

Aakanchha Kharel

हाम्रो अधुरो कथाहावाले तिमीलाई लगेछ प्रिय,मेरो मनले तिमीलाई बिर्सदै गएछ,सुखमा तिमी सँग हुन पाए मैलेतर दु:खले तिमीलाई बगाएछ,जति खोज्दै जान्छु तिमीलाईत्यति टाढिएको महसुस गर्छु,भगवानले लगेछन सानैमा उसलाई भन्छन सबैले,तर मेरो हातले तिमीलाई छोड्न नसकेको भविष्य देख्छु,माया गर्थे मैले मृत्युमा पनि साथ दिन्छु भनेकै थिए,के गर्नु मेरी प्रिय, स्वर्ग र पातालको बिचमा,म नै फसेछु, म नै फसेछु । पाँच बर्ष भइसकेछ तिमीले यो संसार छाडेको, माया । इच्छा थियो कि तिमीसँगै बुढेसकालमा प्रवेश गर्छु तर भगवानले अर्कै भविष्य कोरेका रहेछन । यति वर्ष बिते पनि, म तिमी बिना कसरी बाँच्न सक्छु भन्ने प्रश्न मेरो मनले गरिरहेकाे छ । तिमी बाँचेको भए हाम्री छोरी पनि पाँच वर्षकी हुने थिई। यदी तिम्रो सट्टामा म मरेको भए, के तिम्रो मुस्कानले सबैको दिन खुसीले भरिपूर्ण हुन्थ्यो ? के हाम्री छोरीले यो विश्व देख्न सक्थिन् ?“आकाश ! अहिलेसम्म आफ्नी प्रियको सम्झनामै छौ जस्तो छ । आमा बोल्नु हुन्छ रे । लेउ ।” आकृतिले भनिन् ।आकृति सानैदेखि यस्तै थिई। मेरी मायाले यो संसार छाडेर जाँदा पनि उसले भने मरो साथ छोडेकी थिइन । मायाको मृत्युले ममाथि पारेको प्रभावकाे जानकार ऊ नै थिई। “हजुर भन्नु न आमा । आज किन मसँग नै कुरा गर्नुपरेको ?”“हेर न बाबु, तिम्री बहिनीले विवाह नै नगर्ने भन्छे । २७ वर्षकी भइसकी तर पनि बुद्धि बच्चा जस्तै छ । ”आमाले सुनाइन् । “हैन आमा, विवाह गर्न हतार गर्नुहुँदैन । गर्ने इन्छा छ भने गर्छे नत्र गर्दिन । हैन र आकृति ?”“तिमीहरू बच्चैदेखि यस्तै छौ । आफ्नी आमालाई न त एउटा राम्रो ज्वाइँ न त राम्री बुहारी खोज्न सक्यौ ।”आमाले यो भनेको सुन्दा मेरो मन कटक्क खायो । माया, मलाई केवल तिम्रै यादले फेरी सताउन थाल्यो । मायाउनकी बुहारी थिई तर आमाले भने उसलाई कहिले मन पराइनन् । अझै वर्तमानमा त माया भन्ने कोही व्यक्तिसँग नभेटेको जस्तो व्यवहार गर्छिन् । आकृतिले आमाले भनेको कुरा सुनी जस्तो लाग्यो । मेरो हातमा भएको फोन हत्तपत्त लिईर अर्को कोठामा गएर आमासँग बोल्न थाली । करिब १० मिनेटसम्म आमा र आकृति बिच झगडा चलेको आवाज मात्र आयो र त्यसपछि फोन काटियाे ।“हैन आमालाईसमय-समयमा के हुन्छ ? तिमी ठिक छौ, आकाश ? ” भन्दै आकृतिले मलाई अङ्गाली । आज माया र मेरो नजन्मिएको छोरीको निधन भएको पाँचौँ वर्ष पुगेकाे थियो । हरेक वर्ष, म यही दिनमा रुन्थेँ र कराउथेँ र यो वर्षमा पनि मैले रोएर बिताएँ, जुन कुरा मायालाई राम्रो लागेकाे थिएन । त्यसैले म हामीले पहिले पढेको विद्यालयमा गएँ जँहा मेरो र मायाको भेट ११ कक्षामा भएको थियो । ऊ मसँग धेरै बोल्दिनँ थिई तर एक दिन एउटा घटना घट्याे । मेरो साथी र म बिच एउटा सानो कुरामा झगडा परिरहेको थियो । एउटा सानो कुरालाई ठुलाे निउ बनाँउदा बनाँउदै हामी बिच हात हालाहाल हुन थाल्यो । मायाले हाम्रो झगडा रोक्न खोज्दा, गल्तीले मैले उसलाई हानेछु । त्यसपछि मायाको आँखामा आसु भरिएको देखेर मलाई अति नरमाइलो लागेको थियो । यति नराम्रो महसुस भयो कि म हरेक दिन मायालाई माफी माग्ने गर्थे र साथै चक्लेट पनि दिने गर्थे । यो दैनिक रुपमा एक महिना सम्म चलेको थियो । “भयो अब! कति माफी माग्छौ” भनेर मायाले मलाई एक दिन गाली नै गरी । त्यो दिन पछि हामी कहिल्यै छुटेका थिएनौंँ।विद्यालयमा पुगेपछि मैले राेजिना म्यामलाई भेटेँ । उहाँले हामीलाई जहिले माया गर्नुहुन्थ्यो र हामीले जस्तो उटपट्याङ काम गरे पनि राम्ररी सम्झाउनुहुन्थ्यो । “आँहा! आज कुन दिन हो र ? आकाश बल्ल विद्यालय फिर्ता आएछ? ” राेजिना म्यामले हाँम्स्दै भनिन् । “मर्निङ म्याम, यतिकै आएको नि । मेरो बाल्यकालमा एक पल्ट फेरि फर्कन पाउँछु कि भन्ने आशा बोकेर आएको । ”आकाशले भने“त्यसो पो! आउ त्यसो भए ।” म्यामले खुसीका साथ भन्नुभयो । मैले हाम्रो पुरानो कक्षा, म र मेरा साथीहरू चढने बुढो रुख र माया र म बस्ने टेबुल सबै देखेर बिगतमा भएका सबै कुरा सम्झन थालेँ । आँखाबाट आसु झर्यो र मायाले गर्ने चन्चले कुराको याद पनि आयो । कक्षा कोठा हेर्दै जाँदा मायाले टेबुलमा कोरेको कुरा अहिलेसम्म रहेको देखेँ । त्यतिबेला मायाले यो कोर्दा “हेर आकाश, हामीले यो ठाँउ छाडे पनि हाम्रो नाम हरेक कक्षाले त याद गर्नु पर्‍याे नि!” भनेको थियो । हामी सबै साना भएर पनि होला, त्यो बेला उसले भनेको कुरा अति अद्भूत लागेको थियो । अहिले सोच्दा चाँहि हासो उठ्छ । माया, यदि तिमी यहाँ भएको भए हामीले हाम्री छोरीलाई पनि यही विद्यालयमा हाल्ने थियौँ होला । उसले पनि राेजिना म्यामसँग पढ्ने मौका पाउने थिई कि ?यस्तै कुराले मेरो मन ओगट्यो । “ मायालाई सम्झन थाल्यौ जस्तो छ ।” म्यामले भन्नुभयो । “तिमीहरू सानैदेखि सँगै हुन्थ्यौ । माया बितेको पाँच वर्ष भयो हैन र? त्यसैले आज यहाँ आएका हौ जस्तो छ ”“मायाको यादले मलाई सताइरहन्छ । हरेक वर्ष रुँम्दै बिताए । मायाले मलाई त्यो स्थितिमा देखेको भए धेरै गाली गर्थी । त्यसैले हामी पहिलो पटक भेटेको ठाँउमा आउन मन लाग्यो । ”“जीवन भनेको यस्तै हो, आकाश । अन्तिममा सबैले यो धर्ती छोड्नैपर्छ । त्यसैले हामीले कम्तीमा उनीहरूको आत्माले शान्ति पाओस भन्ने कामना मात्र गर्न सक्छौँ ।”उहाँले भनेको कुरा सुनेर मैले सोचेँ कि मायाको आत्माले शान्ति पायो होला त ? कि मेरै दु:खले उसलाई बाधेर राखेको छ ?“अब मेरो जाने समय आएछ, म्याम । हजुरलाई भेटेर अति नै रमाइलो लाग्यो ।” यति भन्दै मैले आफ्नो याद ताजा गरेर विद्यालयबाट निस्किएँ । करिब १ घण्टासम्म लापता भए झैँ म हिँड्दै गए । हेर्दा-हेर्दै म मायाको चिहानसम्म पुगेछु । मायाको नाम त्यो चिहानमा देखेर मेरो मन कटक्क भयो । म एक्लै बर्बराउन पुगेछु, “तिमी बितेको पहिलो वर्ष म पनि तिमीसँगै पुग्ने प्रयास गरेको थिएँ । दु:खका साथ त्यो सफल भएन । अब सोच्दा म मुर्ख रहेछु जस्तो लाग्छ । तिम्रो मृत्युले ममाथि पारेको बज्रपात ठुलो थियो । यदि म पनि मरेको भए हाम्रो परिवारमाथि पनि नकरात्मक प्रभाव पर्थ्यो होला । म मेरो परिवारलाई त्यो स्थितिमा परेको सोच्नसम्म पनि सक्दिनँ ।” “माया, मेरो प्यारी माया” भन्दा भन्दै मेरो आँखाबाट झर्ना झैँ आसुँ झरिरहे छन् । तिम्रो यादले मलाई अति सताएकाे छ ।”“माया, आज तिमी बितेको पाँचौ वर्ष भयो । अहिलेसम्म म तिमी बिना बाँचिरहेको छु । हरेक समय म आफैँलाई सोध्छु, म कसरी बाँच्न सकेँ भनेर ..... तिमी मेरो भूत-वर्तमान-भविष्य सबै थियौ तर अब तिमी मेरो अँगालोमा छैनौँ । तिमीले मेरो नाम पुकार्दैिनाै तर म के गरूँ ? समय त रोकिने रहेन छ । ”यति भन्दै मेरा हात काप्न थाले । “माया, मैले आज एक निर्णय लिएको छु । म दोस्रो विवाह गर्दिनँ । म तिम्रै यादमा आफ्नो जीवन बिताउछु तर पहिले जस्तै कमजाेर हुने छैन । अबदेखि हरेक वर्ष म तिमीलाई खुसी बनाउने प्रयास गर्छु । तिम्रो आत्माले शान्ति पाओस् भन्ने प्रार्थना गर्छु र भगवानले दिए तिमीलाई चाडै भेट्ने छु । के तिमी मेरो पर्खाइमा बस्छ्याै, मेरी प्रिय ?” ....... चन्द्रमा र सूर्य एक दिन भेट्ने छन्तिमी र म मिलेर अर्को जुनी बाच्ने छौँ,तिम्रो यादले मलाई सताए झैंँ यो धर्तीले हाम्रो माया देखेर रोओस्,हामी बिनाको जिन्दगी खल्लो,र हाम्रो प्रेमले, स्वर्ग बनाओस्,मेरी माया तिमी,कहिले नरिसाइ फूल झैंँ मग्मगाउनु,म आउने छु तिमीसँग,मलाई पर्खेर बस्नु,मलाई पर्खेर बस्नु ।

Mar
20
Underline
A Fun Day at the Farm

A Fun Day at the Farm

Prinsha Kattel

A Fun Day at the FarmI was very excited to go to the farm with my teachers and friends. When we arrived, we saw dogs, cats, buffaloes, horses, sheep, cows, and rabbits.First, we rode a horse. Then, we played on the slide and had fun playing with sand. After that, we fed the animals. We gave carrots to the rabbits, grass to the sheep, and corn to the horse and the duck.Later, we ate snacks and shared them with our friends. My teacher also clicked photos of us. At the end of the day, I felt very happy.

Mar
20
Underline
मेरो पहिलो पदयात्रा

मेरो पहिलो पदयात्रा

Ishanvi Singh

मेरो पहिलो पदयात्रा मेरो पहिलो पदयात्रा विद्यालयबाट सूर्यविनायकदेखि गुण्डुसम्म थियो । सहपाठी साथीहरूका साथै विद्या गुरुआमा र सिन्धु गुरुआमा जाने हुँदा म धेरै उत्साहित थिएँ । बिहान विद्यालयमा पुगेपछि झोला तयार गर्‍याैँ । आमाले घरबाट पठाइदिनु भएको खाजा पनि झोलामा राख्यौँ । खाना खाएर करिब १०ः ०५ बजे बसतर्फ लाग्यौँ । बसमा गाउँदै रमाउँदै सूर्यविनायक पुग्याैँ । त्यहाँबाट हामी कुरा गर्दै रमाउँदै हिँड्न थाल्यौँ । त्यहाँ वरपरको हरियाली पहाड, उकाला र ओराला डाँडाहरू निकै सुन्दर थिए । गुरुआमाले हाम्रो सुन्दर तस्बिरहरू पनि खिच्दै हुनुहुन्थ्यो । करिब एक घण्टा हिँडेपछि गुण्डु पुग्यौँ । लामो समयको हिँडाइपछि हामी एकछिन आराम गरेर साथीहरू र गुरुआमासँग मिलेर खाजा खायौँ । करिब २ बजे हामी विद्यालय फर्कियौँ । अलि थाकेको भएपनि मेरो पहिलो पदयात्राको अनुभव धेरै सुन्दर र रमाइलो रह्याे ।

Mar
20
Underline
Visit to Changu Narayan Museum and Temple

Visit to Changu Narayan Museum and Temple

Prayaash Ghimire

Visit to Changu Narayan Museum and TempleWe went to the Changu Narayan Cultural Heritage Temple and Museum from school. We were happy to visit such a beautiful place. We reached there by school van.First, we visited the museum. We saw swords, coins, instruments, bowls, plates, a weighing machine, clay plates, and a plate stand. The most interesting part for me was learning about the stories of the gods because I love stories. The owner of the museum told us that many years ago, prayers were held on the top floor, and the kitchen was beside the prayer room.Then, we went outside and saw a beautiful view, but my friend Shreenav felt scared. After that, we went to the Changu Narayan Temple. The stories we had seen in the museum came to life in front of us. During our visit, we learned about the old history of Nepal and its people.

Mar
20
Underline
नारायणहिटी सङ्ग्रहालय

नारायणहिटी सङ्ग्रहालय

Abhinya Ghimire

नारायणहिटी सङ्ग्रहालयमेरो स्कुलमा बिदाको दिन म नारायणहिटी सङ्ग्रहालय गएँ। नारायणहिटी सङ्ग्रहालय दरबार मार्गमा पर्दछ । नारायणहिटी सङ्ग्रहालय पहिला राजदरबार थियो । त्यहाँ राजारानी बस्दछे। अहिले त्यो ठाउँ सङ्ग्रहालयको रूपमा परिणत भएको छ। त्यहाँ सुरुमा हामीले ठुलो कोठा देख्यौँ । त्यहाँ हामीले सोफा, कुर्सी, राजाहरूका फोटो, टेबुल, फूल आदि देख्यौँ । त्यो ठाउँमा बैठक कोठा पनि थियो। त्यसपछि हामी खाना खाजा खाने कोठामा गयौँ । त्यहाँ धेरै कुर्सीहरू थिए । त्यसपछि राजारानी र अरुहरूले खाएपछि आराम गर्ने कोठा पनि थियो । त्यसपछि मैले पशुपतिनाथको मूर्ति शिवलिङ्ग आदि देखेँ । राजा रानीका पाहुना र अरु पाहुनाहरूको सुत्ने कोठा पनि थियो। रानीको मेकअप कोठा देखेँ । त्यहाँ एउटा ठुलो कोठामा समस्या परेको बेला राजाले गर्ने छलफल हल थियो। त्यसपछि राजाहरूले दिएको पुरस्कारको कोठा हेरेँ । जन्मदिनको बेलामा पार्टी हुने कोठा पनि थियो। त्यहाँ धेरै थरीका कोठाहरू थिए । भान्साकोठा पनि थियो । त्यसपछि हामी फूलबारीतिर गयौँ । हामीले गोलीका दाग, फूलहरू, खेल्ने ठाउँ आदि देख्यौँ । त्यहाँ भगवानको मूर्ति र मन्दिरहरू पनि देख्यौँ । त्यहाँ मैले राजा रानीको वस्त्रहरू पनि देखेँ। मन्दिरमा महादेवले मरेकी सतीदेवीलाई काँधमा बोकेको मूर्ति देखेँ । सतीदेवी मरेको कारण चाहिँ आगोमा हाम फालेर हो। हाम फाल्ने कारण चाहिँ उनका बुबाले उनलाई महादेवको बारेमा नराम्रो बोलेर सतीदेवीलाई पिर लागेपछि आगोमा हाम फालेकी थिइन्। यो मन्दिर चाहिँ नारायणहिटी प्यालेस नजिकै छ। यहाँ यही नारायणको मन्दिर भएकाले नारायणहिटी प्यालेसको नाम रहेको हो।

Mar
20
Underline
मेराे देश

मेराे देश

Hridhan Poudyal

मेराे देशमेराे देशकाे नाम नेपाल हाे । नेपालमा विभिन्न जातजतिका मानिसहरूकाे बसाेबास हुनाले विभिन्न भाषा बाेलिन्छ । मेराे देशमा विश्वकै ठूलाे हिमाल सगरमाथा छ । नेपाल वीर गाेरखालीहरूकाे देश हाे । नेपाल सुन्दर वन, नदी तथा स्वच्छ हावापानीले भरिपूर्ण छ । नेपाल भूपरिवेष्ठित देश हाे । नेपालमा धेरै मठमन्दिरहरू छन् । नेपालमा शान्तिका अग्रदूत बुद्धकाे जन्म भएकाे हाे । नेपालमा वीर गाेरखालीहरूकाे जन्म भएकाे हाे । नेपाल कृषिप्रधान देश हाे । नेपाल विभिन्न संस्कृतिहरूबिच मेलमिलाप भएकाे देश हाे । नेपाल जलस्राेतमा दाेस्राे धनी देश हाे । नेपालीहरूले विभिन्न चाडपर्वहरू मनाइन्छन् । नेपाल सुन्दर शान्त र विशाल रनज्य हाे । आर्थिक रूपमा नेपाल धेरै कमजाेर भए पनि याे देशमा विस्तारै परिवर्तन भइरहेकाे छ । नेपाल राजनीतिक, न्यायिक र आर्थिक प्रणालीकाे हिसाबले धेरै कमजाेर छ । म हरेक क्षाेत्रमा नेपालकाे विकास भएकाे हेर्न चाहान्छु ।

Top

Articles

Underline
underline

Friendship

Kamal Thapa Magar

“Walking with a friend in dark is better than walking alone in the light”.Friendship is a special bond between two or more than two people. I think without friendship life is boring because friends bring happiness and smile on our face. We all have friends. Friendship is a relationship of mutual affection between people. We cannot live our entire life all by ourselves. We need a faithful relationship and happy living. And these two are achieved only by true friendship. Friendship has no limit on age, sex, and position. Friendship can be developed between persons having different passions, emotions or sentiments.

Published on 1/28/2019



underline

Journal On Zoo Visit

Aashik Singh Danwar

It was Sunday when we, the students of grade 10 went to the zoo with our respective teacher, Mr. Kuldeep Gupta. We reached the zoo at 10:30 am. We rested there for a while and headed inside. We saw different animals and birds. We got a chance to gather information about animals such as monkeys, tigers, elephants, bears, and birds such as parrots, eagles, vultures and so on. We took a short break after walking and exploring. We had our lunch and started exploring more. We got to know about reptiles as well. We didn’t leave a place to roam around. We had lots of fun. After we finished gathering enough information, we went for boating. It was one of the memorable moment of my life. I would like to heartily thank my teachers who gave us the opportunity to make beautiful memories with friends and help us explore different birds and animals. We wish to have more fruitful field visits like this.

Published on 11/28/2018



underline

Zoo

Prabit Shakya

Sunday, October 7, 2018We, the students of grade 10 went zoo for a field visit with our EPH teacher, Mr. Kuldeep. We left the school at 9:30. We reached there within 20 minutes. We headed inside and took group photos. We first saw crocodiles and started taking photos. We also clicked photos of the renowned late personalities. We noted important information about animals, their habitat and their food. At 11:30 we stopped by for tiffin. We shared food with each other. After a while, we went to see some more animals. We saw different types of animals. We also saw varieties of birds, snakes, and fishes. Later, we went for boating. We enjoyed boating so much. We took group photos there as well. And, we finally left for school. Our school van was ready to pick us up. We climbed on the van and arrived at school around 2 pm. It was a great day. I enjoyed a lot.

Published on 1/8/2019



underline

Journal On Zoo Visit

Jibika Khadka

On Sunday, October 7, 2018, it was our field visit to the zoo. We left the school at around 9:15 am. Mr. Kuldeep, our HPE teacher guided us to the zoo. This field visit was related to our study in which we had to know about different animals. We reached the zoo at 10:00 am. We were told the rules that we had to follow. We took group photos and headed forward. We saw different animals there. We had to take information about animals, too. We all took the photos of animals and wrote some information about it. We completed half way of the zoo at around 11:45 am. Then we sat on a place and had our tiffins there. We finished our tiffins at 12:30 pm and again went to take some information about animals. There were many kinds of animals and birds. We also took our group photos. We gathered a lot of information about the animals that we found in the zoo. After gathering all the information, we decided to go for boating. It was not planned before, it was on the spot decision. We divided our group to 6 each and took two boats. We had lots of fun while boating. We got out of the boat, took the school van and went back to school. Overall, it was a fun and memorable visit. We reached school at around 2:45 pm. We were very tired so we did not study any subjects and went home after school.

Published on 11/27/2018



underline

Journal - Zoo

Samrat Bhattarai

We went to an educational tour of the central zoo on October 7, 2018. We were guided by our EPH teacher, Mr. Kuldeep. We left the school at 9:30 by school van. We reached there in about 20 minutes. We took a few group photos and headed inside. The first animal we saw was an alligator. We started clicking the photos of animals and details about them.Then, at 11:30 we went to have our tiffin. We shared our tiffins with each other. After we finished eating we headed forward and saw different kinds of birds and snakes.We also went boating. I took a full length video of boating. It was so much fun. It was my first time boating but I was not scared. It was a great experience. I enjoyed a lot.

Published on 12/6/2018



Article of the

Week

Underline

Middle School

No data available
School In Media N/A