जाडो बिदामा गाउँ जाँदा
जाडो बिदामा गाउँ जाँदा
यो वर्षको जाडो बिदा पुस महिनाबाट सुरु भएको थियो। हामीले बिदामा गाउँ जाने योजना बनायौँ। पुस २९ गते बाआमा, म गाउँ गयौँ । मेरो गाउँ बागमती प्रदेश रामेछाप जिल्ला, वडा नम्बर ८ मा पर्दछ। मेरो गाउँको नाम बाबियाखर्क हो । गाउँमा माइलो हजुरबुबा र हजुरआमा बस्नुहुन्छ । गाउँमा भैँसी र गाई छ । गाउँमा प्रशस्त दुध, दही, मही र घिउ बन्दछ। म हजुरबुबासँगै गाई भैँसीको घाँस लिन गएँ । गाउँमा आगो बालेर खाना पकाइन्छ। म हजुरबुबासँगै दाउरा लिन बारीमा गएँ। गाउँमा मैले पिपिरी बाजा बजाएँ। डन्डीबियो खेलेँ । फिरफिरे खेलेँ । धारा र पोखरी घुम्न गएँ । गाउँमा अमला, जुनार, सुन्तला, निबुवा, भोगटे आदि फलफूलका बोटहरू छन् । हामी पाँच दिन गाउँ बसेर काठमाडौँ फर्कियौँ। मलाई गाउँ धेरै मन पर्छ।
1 reads
Published on 3/18/2026
Aarogya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarogya Ghimire
Grade 4
Roll No: 34004
31
More Articles from
Student