सुकुटे
नयाँ ठाउँ घुम्न र मन पर्ने खानेकुरा खान रमाइलो हुन्छ । यसपालिकाे छुट्टीमा हामी सुकुटे गयौँ । नदी किनारमा रहेको सुकुटे मलाई रमाइलो लाग्यो । हामी नदी किनारमा घुम्यौँ । पौडी खेल्यौँ । भलिबल र टेबल टेनिस जस्ता खेलहरू खेल्यौँ । मिठा मिठा खानेकुरा खायौँ र फोटो खिच्यौँ । हामी रिसोर्टमा बसेका थियाैँ । राति बत्तीले गर्दा रिसोर्ट झनै रमाइलो देखियो। मलाई डर लाग्ने भएर हामीले र्याप्टिङ गरेनौँ । नदीमा जाँदा हामीले होसियार हुनुपर्छ। नत्र बगाउन सक्छ । अर्को दिन हामी सुकुटेबाट फर्कियौँ ।
0 reads
Published on 8/21/2024
Aarogya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarogya Ghimire
Grade 3
Roll No: 34004
29
More Articles from
Student