मेराे गाउँ
मेरो गाउँ रामेछाप जिल्लामा पर्छ। मेरो गाउँको नाम बाबियाखर्क हो। मलाई मेराे विद्यालयमा बिदा हुँदा गाउँ जान मन पर्छ। गाउँमा बुबा र आमा बस्नुहुन्छ। मेरो गाउँमा गाई भैँसी र बाख्राहरू छन्। मलाई गाई भैँसीलाई घाँस दिन मन पर्छ। मलाई आमासँग बारीमा घाँस काट्न जान पनि मन पर्छ। बुबाले भैँसीको दुध दुहुनुहुन्छ। भैँसीले धेरै दुध दिन्छ। दुधबाट दही, मही, नौनी, घ्यू बन्छ। मलाई दुध, दही, मही र घ्यू खाना मन पर्छ। म गाउँ गएको बेला बुबासँग बल खेल्छु। म बिदा भएकाे बेलामा फेरि गाउँ जान्छु । मेराे गाउँ सुन्दरताले भरिएकाे छ। मलाई मेराे गाउँ असाध्यै मन पर्छ।
0 reads
Published on 6/8/2023
Aarogya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarogya Ghimire
Grade 2
Roll No: 34004
29
More Articles from
Student