संविधान दिवस र बालअधिकार
संविधान दिवस र बालअधिकार
हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाइन्छ । नेपालको संविधान वि सं २०७२ जारी भएको दिन संविधान दिवस हो । संविधान देशको मूल कानुन हो। संविधानको धारा ३९ मा बाल अधिकारको व्यवस्था गरिएको छ । सबै बालबालिकाको बाँच्न पाउने अधिकार छ । सबै बालबालिकाहरूले पढ्न पाउने अधिकार छ । सबै बालबालिकाहरूलाई खेल्न, रमाइलो गर्न र सीप सिक्न पाउने अधिकार छ । बालबालिकाहरूलाई काममा लगाउनु हुँदैन । उनीहरूलाई भेदभाव गर्नुहुँदैन । उनीहरूलाई खाना, उपचार, माया, शिक्षा आदि चाहिने सम्पूर्ण कुरा दिनु नै बाल अधिकार हो ।
0 reads
Published on 12/1/2025
Aarogya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarogya Ghimire
Grade 4
Roll No: 34004
29
More Articles from
Student