underline

दसैँ बिदा

Underline

Share:

यो वर्ष मेरो विद्यालयको दसैँ बिदा असोज २७ गतेबाट सुरु भयो। बिदा सुरु हुनुभन्दा पहिले नै हामीले इलाम घुम्न जाने योजना बनाएका थियौँ । म, बाबा, मामु, काका र काकी पाँचजना चार दिन धरान र इलाम घुम्न गयाैँ । इलाम धेरै रमाइलो रहेछ। इलाममा चिया बगान रहेछ । धरान र इलाम घुमेपछि हामी घर आयाैँ । सबैतिर दसैँकाे चहलपहल सुरु भैसकेकाे थियाे । दसैँ हाम्रो ठुलो चाड हो । दसैँमा नयाँ लुगा लगाउने, मिठा मिठा खानेकुरा खाने र मान्यजनकोमा टीका लगाउन जाने गरिन्छ । मैले दसैँमा टीका लगाएर धेरै पैसा पाएँ । यसरी कार्तिक १२ गते मेरो दसैँ बिदा सकियो। यसपालिकाे दसैँ बिदा धेरै रमाइलो भयो।

0 reads

Published on 2/5/2024

Image

Aarogya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarogya Ghimire

Grade 2

Roll No: 34004

29

More Articles from

Student

Underline