underline

पाेखराकाे यात्रा

Underline

Share:

पाेखराकाे यात्रा

बिहान मेरी प्यारी आमाले मलाई, बुबालाई,बहिनीलाई र मामालाई उठाउनुभयाे । हामीले हातखुट्टा र मुख धाेयाैँ । बिहान हामीले पाेखरासम्मकाे यात्रा सुरु गर्याैँ । हामी काठमाडाैँबाट धादिङ हुँदै गयाैँ । बाटाेमा एउटा पसलमा आइसक्रिम,कफी र चिया खायाैँ । हिउँसाेतिर धादिङमा मिठा मिठा माछा पनि खायाैँ । खाजा खाएर हामी पाेखरा जान तयार भयाैँ । बाटाेमा जाँदा मैले बेनिघाटमा त्रिशूली र बुढीगण्डकी मिसिएकाे देखेँ । गण्डकी प्रदेशमा पुगेपछि हामीलाई रमाइलाे लाग्याे । हिमालका मनमाेहक दृश्यले हाम्राे मन लाेभ्यायाे । हामी बेलुका सात बजे पाेखरा पुगेका थियाैँ । राति हामी हाेटलमा बस्याैँ । अकाै दिन हामी स्तुपा हेर्न गयाैँ । त्यसपछि कुरिनटार जानुपर्ने भयाे । बाटाेमा हामीले गाेरखाकाे सुन्तला खायाैँ । गारखामा सिद्धार्थ हाेटलमा बस्याैँ । भाेलिपल्ट हामीले काठमाडाैँकाे यात्रा सुरू गर्याैँ । गाेरखाकाे सुन्तलाकाे स्वाद भने मैले अहिलेसम्म भुलेकी छैन ।

1 reads

Published on 3/19/2026

Image

Aadhya Dhungana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhya Dhungana

Grade 5

Roll No: 33001

18

More Articles from

Student

Underline