किसानकाे महत्त्व
किसानलाई कृषक पनि भनिन्छ । किसानहरूले अन्न,फलफूल,र दुग्धजन्य वस्तुहरू उत्पादन गर्छन् । हामीले दैनिक खाने सबै खाद्यवस्तुहरू उनीहरूकै मिहिनेतकाे फल हुन् । किसानहरू धेरै मिहिनेती हुन्छन् । उनीहरूले खेत जाेत्ने , बिउ राेप्ने,बाेट बिरुवा हुर्काउने र बाली काट्ने आदि काम गर्छन् । नेपाल कृषिप्रधान देश हाे । हामी सबै खाद्यान्नमा आत्मनिर्भर छाैँ । आधुनिक तरिकाबाट कृषि गर्ने किसानहरूले राम्राे आम्दानी प्राप्त गर्न सक्छन् । कृषकले समाजलाई अन्न मात्र हाेइन राेजगारी पनि दिन्छन् । कृषककाे मिहिनेत र पसिनाबाट नै हामीले जीवन पाइरहेका छाैँ । नेपालमा अझै पनि परम्परागत कृषि प्रणाली छ । सिँचाइकाे अभाव,मल नपाइने आदि समस्या किसानहरूलेे भाेग्दै आएका छन् । सरकारले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्ने कुरामा विचार पुर्याउनु पर्छ हामी सबैले किसानकाे सम्मान गर्नुपर्छ ।
0 reads
Published on 11/28/2025
Aadhya Dhungana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhya Dhungana
Grade 5
Roll No: 33001
17
More Articles from
Student