मेरो समुदाय
म सुविधानगरमा बस्छु । यो तीनकुनेमा पर्दछ । मेरो घरनजिकै पेरिस डाँडा र ठुलो चौर छ। यस चौरमा म साथीहरूसँग मिलेर खेल्ने गर्दछु । मेरो घरनजिकै बागमती नदी पनि छ । खाेलानजिकको दुबैतिर राम्रा बाटाहरू छन् र सुन्दर पार्क पनि छ । पार्कको बगैँचामा अनेक जातिका फूलहरू फुलेका छन् । म मेरी सानी बहिनीसँग खेल्न जाने गर्दछु । हाम्रो घरको नजिकै स्कुल, कलेजहरू छन् जहाँ धेरै दाइ, दिदीहरू पढ्न आउनुहुन्छ । मेरो समुदायमा बच्चाहरू खेल्नका लागि पार्कहरू बनाएकाले गर्दा मलाई धेरै रमाइलो लाग्छ । हामी समुदाय सबैजना मिलेर सफा गर्दछौँ । त्यसैले मेरो समुदाय सफा र सुन्दर छ।
0 reads
Published on 5/16/2024
Aadhya Dhungana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhya Dhungana
Grade 4
Roll No: 33001
17
More Articles from
Student