रायोको साग उत्पादन प्रक्रिया
रायाेकाे साग उत्पादन गर्न सजिलो हुन्छ । सबैभन्दा पहिला रायाेको गेडा माटाेमा छर्नुपर्छ । माटाेलाई खुकुलाे बनाउनका लागि खनेर माटाेलाई मसिनो बनाउनुपर्छ । त्यस माटोमाथि रायाेकाे गेडा छर्नुपर्छ । यस माटोमाथि मल राखेर कुटोको सहयोगमा गेडा राम्रोसँग माटोमा पुर्नुपर्छ । १५ दिनसम्म दिनको एकपटक पानी हाल्नुपर्छ । त्यसपछि रायाेको बेर्ना तयार हुन्छ । अब बेर्नालाई मलिलो माटो भएको सम्म ठाउँमा रोप्नुपर्छ । बिरुवा बढ्दै जाँदा पातहरू ठुला हुने भएकाले बेर्ना अलि फराकिलो दुरीमा सार्नुपर्छ । बेलाबेलामा गोडमेल गरेपछि एक महिनामा रायाेकाे साग खानाका लागि तयार हुन्छ ।
0 reads
Published on 9/12/2023
Aadhya Dhungana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhya Dhungana
Grade 3
Roll No: 33001
17
More Articles from
Student