underline

क्रान्तिपछिकाे परिवर्तन

Underline

Share:

क्रान्तिपछिकाे परिवर्तन

अनमोल भर्खर विद्यालयबाट घर फर्कियाे । अनमोल आज शुक्रबार भएकाले मख्ख थियो । आज घरमा मोबाइल हेरेर बस्ने ऊ पहिले नै सोचिसकेको थियो । उसले घरको गेट खोल्याे । बिस्तारै ढोका खोल्याे अनि आमालाई सुइँको नदिइ, आमाको मोबाइल चार्ज भइरहेको ठाउँबाट सुटुक्क निकाल्याे र आफ्नो कोठातिर लाग्याे। ऊ मोबाइलमा हेर्दै पनि थियो।

ऊ कमेडी भिडियो हेर्दै थिएन, ऊ त आफ्नी मन पर्ने केटी सियासँग पो कुरा गरिरहेको थियो । उता सिया पनि उत्तिकै मस्किएकी थिई । त्यति नै बेलाआमा कोठाभित्र छिर्नुभयो। कोठाको फोहर देखेर आमाले उसलाई दुईचार शब्द गाली गर्नुभयो।अनमोलले आमालाई नै “ह्या!” भनेर रिसाउँदै गाली गर्‍यो। मनमनै “किन सड्केको हो यो बुडी को !” भनेर रिसायो।

आमा तल जानुभयो। केहीबेरपछि अनमोललाई आमाको पुकार आयो,“ए फोहरमा बस्ने सुँगुर! यता आ, भात खान मुन्तिर।”

अनमोललाई त एकछिन घुर्की सुनेर खान मन लागेन, तर पेट गडगडाएपछि ऊ बुडिमाउ भन्दै तल झर्‍यो।

अनमोलले मोबाइलमा सोमबार हुन गइरहेको आन्दोलनको बारेमा हेर्दै थियो । सरकारले सामाजिक सञ्जाल बन्द गरे पनि उसले भि. पि. एनको प्रयोग गरेर विभिन्न सञ्जाल चलाइरहेको थियो ।

मोबाइलको धुनमा अनमोलले खाना चुपचाप, केही नबोली खायो। आमा पनि आफ्ना श्रीमान्को यादमा हराएकी रहिछिन् । यो लगभग १५ वर्ष अगाडिको कुरा हो, त्यतिबेला माओवादीको आन्दोलन भैरहेको थियो। यही आन्दोलनमा अनमोलका बुबा पनि सक्रिय रहनुहुन्थ्यो। बेलाबेलामा बुबा घर आउँथे, तर आर्मीको डर सधैँ रहन्थ्यो।

एउटा दिन आर्मीले अनमोलका बुबाको पत्ता लगायो र उनलाई पक्राउ गरी जेल लग्यो।दुई वर्षपछि आमाले आफ्ना श्रीमान् मरेको खबर पाइन् तर उनले अनमोललाई भने “तिम्रा बुबा विदेश काममा जानु भएको छ” भनेर ढाँटिरहेकी रहिछिन्।

छोराले भाँडा बजाएको आवाजले आमा झसङ्ग भइन्।

भाेलिपल्ट शनिबार थियो। शनिबार अनमोल र उसकी आमा नजिकैको मन्दिर जान्थे । अनमोल सधैँ मन्दिर जाने बेलामा आमासँग रिसाउथ्याे ।

“भगवान् हुँदैनन् है बुडीमाउ! भएका भए यो संसारमा यति दुःखपीडा नै हुने थिएन नि।”

उता आमाबाट “चुप लाग, गधा!” भन्ने उत्तर आउँथ्यो । अनमोल नास्तिक त थियो नै, रिसाहा पनि थियो। आमाले सानो कुरा मात्र भनिन् भने पनि ऊ हप्काउँथ्यो।

एक दिन आमाले भनिन्, “छोरा, विदेश नजान है, म एक्ली भइहाल्छु।”

तर अनमोल ठुलो स्वरमा करायो, “म त जसरी पनि जान्छु !” ऊ एकदम फटाहा स्वभावको थियो। “एस्तो छोरा त दुश्मनलाई पनि नपरोस्,” भनेर आमाले कहिलेकाहीँ ठाडै उत्तर पनि दिन्थिन्।आमाले सोच्थिन् , “अनमोल बिग्रिनुको कारण उसले बुबाको साथ नपाउनु पनि हो” तर फेरि बिहे गर्ने उनको इच्छा समाजको डरले एकछिनमै हराउँथ्यो ।

ऊ बेलुका आफ्नो अर्को साथी नरेशसँग गेम खेल्यो। उसको बच्चा देखिकाे साथी थियो नरेश तर नरेश अनमोलभन्दा भिन्न थियो ऊ सोझो, आस्तिक, परिश्रमी र आमा बुवाको सम्मान गर्ने खालको थियो। भोलिपल्ट आइतबार अनमोल चाडैँ विद्यालय गयो किन ? फूटबल खेल्न। खेल्न भनेपछि उसका तीन नेत्र खुलेर आउथे । आज दिनभर साथीहरूले भोलि हुन गइरहेको आन्दोलनबारे ठुलो ठुलो स्वरमा कराएका थिए त्यसैले अनमोलले पनि आन्दोलनमा जेन जी पुस्ताकाे आन्दाेलनमा जाने मनसाय बनायाे । उसले आफ्नो साथी नरेश, मनोज र सन्देशलाई पनि भोलि विद्यालय बङ्क हानी, देश बचाउन जानुपर्छ भनेर भन्यो। तिनै जल्दोबल्दो रगतले भरिपूर्ण युवाहरूले “ ल ल देशलाई बचाउनु पर्छ “भनेर भने । घर गए पछि ती चारजनाले मेसेन्जरमा ग्रुप बनाए त्यही ग्रुपमा भोलि आन्दोलनको लागि के के कुरा लग्ने भन्ने सम्बन्धमा छलफल गर्दै थिए । आज पनि आमासँग उसले झगडा गर्‍याे । झगडाको निहुँ नयाँ मोबाइलको चाहना रहेछ। आमाले आज उसलाई थर्काइनन् । बस आँखाबाट नुनिलो पानी झारिन् । छोरालाई अलि नराम्रो लाग्यो अनि भन्यो, “भयो चाहिँदैन ठट्टा पो गर्या त ।” त्यसपछि ऊ भोलिको आन्दोलनपछि नेपालको शासन प्रणालीमा आउने राजनैतिक परिवर्तनकाे सपना बुन्दै निदायाे ।

सोमबार विद्यालय बन्द थिएन त्यसैले अनमोलकी आमाले अनमाेलला खाजा बनाइदिइन् । खाजामा भुटेको भात, गाजर र मुला पनि थियो।आमालाई आज अनमोल सधैँ जसरी विद्यालय जान्छ जस्तो लागेजको थियो तर अनमोल आज साथीहरूसँग विद्यालयको अगाडि भेला भएन । उनीहरू त आज थलीको चोकमा पो भेला भए। लगभग १० बजिसकेको थियो। ती चारजनाले माइतीघरको लागि बस समाते अनि अनि ११ बजेतिर त्यहाँ पुगे। त्यहाँको दृश्य हेर्दै कडा रहेछ, त्यहाँ हजाराैँको सङ्ख्यामा युवाहरू रहेछन। सबै आफ्नो जल्दोबल्दो तातो रगतकाे बलमा ठुलो ठुलो स्वरमा चिच्याइरहेका थिए । आन्दोलन गर्नुको विषय चाहिँ भ्रस्टाचार अन्त्य गर्नु रहेछ । ठुला बडा नेताहरूले गरिब जनताले दिएको करबाट विभिन्न महँगा घडी, लुगा र झोलामा खर्च गरेका रहेछन् । अझ नेताहरूले विभिन्न देश घुम्ने र त्यही विदेशमा घुमेर देशको सम्पत्तिको ढुकुटी नष्ट गरी देशलाई खुकुलो बनाएका कारण युवाले आन्दोलन गरेका थिए।

आन्दोलनले उग्र रूप लिँदै थियाे । आन्दोलनमा भएका युवाहरूको पदचापले भुइँचालो नै आउन थाल्याे । ती चार साथी पनि र दालमाेट चिउरा खाँदै ठुलो ठुलो स्वरमा, “भ्रस्टाचार अन्त्य गरौ” भनेर कराइरहेका थिए। उनीहरू आन्दोलनको जुलुसभन्दा अगाडि नै थिए , उनीहरू अगाडि गएर सबै मान्छे हेर्न मिल्छ कि भनी आफ्ना पाइदाहरू माेड्दै थिए। १० १५ मिनेट मात्रै ठुलो ठुलो स्वरमा कराएको के थियो नरेशको त गला सुकिसकेछ।त्यसपछि मनोजले भन्यो “नरेशको गला र जिउ दुवै सुकेको” ,मनोजको यो ठट्टा सुनेर सबै गलल हाँसे। उनीहरूको त्यो “हा हा हा “ बिचमा एउटा ठुलो आवाजले “ड्याम! ड्याम! ड्याम! ” त्यो “ड्याम! ड्याम! ड्याम आवाज बन्दुककाे थियाे । बन्दुककाे आवाजसँगै नरेश एक्कासी डङ्ग्रङ्ग भुइँमा लड्यो। उ लड्नेबितिकै उसको टाउकोबाट सबै गिदी बाहिर आयो । आखा बाहिर उछिट्टिए । अरू तीन जना साथीका सेतो जुत्ता रक्ताम्य भए । नरेशका तीन साथी अचम्म मा परे, अल्मल भए र कम्पित भए। उनीहरू आफ्नो साथी यत्तिकै ढलेको र उसको अब सास नचल्ने भएकाले थरथर काप्न थाले; केही बोल्न सकेनन; एउटा ठुलो समूहले उनीहरूलाई तल सुत भन्ने आदेश दिएपछि मात्र उनीहरू सचेत भए। बेलुका त्यो लासलाई अस्पताल पुर्‍याइयो । नरेशको आमा बुबाले ती तीन साथीहरूलार्इ विभिन्न प्रश्नहरू सोधे । मनोज सन्देश र अनमोल केही बोल्न सकेनन। केही बोलेनन् पनि क बोल्नु पनि कसरी । आफ्नै आँखाअगाडि साथी ढलेकाे तर कहिल्यै नफर्किने गरी । , बोल्ने नै कप्पित थिए । मुटुकाे धड्कन तीव्र थियाे ।

त्यो घटना बितेको १० वर्ष भइसकेको थियो, अनमाेलले आज पनि आफ्नो सहिद साथी नरेश लाई सम्झियो। अनमोलले आज पनि नरेशको मृत्यु भएको क्षण बिर्सिन सकेको थिएन तर नरेश जस्तै मान्छेहरूकै बलिदान स्वरूप आज नेपाल भ्रस्टाचार मुक्त देश भएको छ । ऊआज नेपालमै काम गरिरहेको छ। ऊ आज एउटा असल नागरिक र त्योभन्दा पनि असल छोरा भएको छ। उसको बानि व्यवहारमा खुब परिवर्तन आएको छ। अनमाेल अहिले युवाहरूको नेता बनेको छ। नेता जसले मान्छेहरूको आवाज सुन्छ र जसले भ्रस्टाचार हुन दिँदैन। ऊ आज यस्तो नेता बनेको छ जसले आफूभन्दा कमजोरको आवाजलाई दमन गर्दैन र हरखत आफ्नो समाजका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

1 reads

Published on 3/19/2026

Image

Krish loves exploring new places. He likes spending his time listening to music and doing creative work.

Krish Pokharel

Grade 11

Roll No: 27042

4

More Articles from

Student

Underline