देशभक्तिको अर्थ
के हो देशभक्ति नसोध मलाई
उत्तर आउँदैन
देशभक्तिको अर्थ शब्दले होइन
कर्मले मात्र उत्तर दिन सक्दछ।
त्यसैले सोध यो प्रश्न ती वीरहरूलाई
जसले त्यागिदिए आफ्नो ज्यान यो देश बचाउनलाई।
सोध यो प्रश्न ती बच्चा र आमाहरूलाई
जसले ढुङ्गा र कोदालोको बलले खेदे हाम्रा दुस्मनहरूलाई।
सोध यो प्रश्न पृथ्वी र त्रिभुवन जस्ता राजाहरूलाई
जसले एकीकरण गरी बचाए नेपाली अस्तित्वलाई।
सोध यो प्रश्न वि.पि. र भीमसीन जस्ता मन्त्रीहरूलाई
जसले ल्याए प्रजातन्त्र, देश बलियो बनाउनलाई।
सोध यो प्रश्न हरेक गोर्खाली सैनिकलाई
जसले चिनाए हाम्रो भूमि पुरै विश्वभरिमा।
सोध प्रश्न ती सैनिकका आमाहरूलाई
जसले मनमा ढुङ्गा राखी पठाए आफ्ना बच्चा
देशकै निम्ति।
सोध प्रश्न देशका लागि याेगदान दिने सहिदहरूलाई
जसले दिए बलिदान देशमा निरङ्कुशता हटाउनलाई।
सोध प्रश्न सिंह जस्तै वीर अमर भएका अमरसिंहलाई
सोध प्रश्न बलको उपयोगले,
भद्रकाली सरि सर्वनाश गरेका बलभद्रलाई।
तर नसोध देशभक्तिकाे अर्थ आजकालका नेताहरूलाई
जसले पैसाका लागि बेचिदिए नेपालको मौलिकतालाई ।
नसोध तिनीहरूलाई
जो लोभ र भ्रष्टचारले भरिएका छन्
देशको विकास नगरी आफ्नै सिंहासनमा रमाएका छन् ।
0 reads
Published on 11/14/2025
Krish loves exploring new places. He likes spending his time listening to music and doing creative work.
Krish Pokharel
Grade 11
Roll No: 27042
4