नेपाल
देश कँहा होला भनेर खोजे म अनेक ठाउँआखिरमा भेटे देशलाई आफनै काख याे गाउँ ।गौतम बुद्ध जन्मिएता पनि अशान्तिको छ भारअहिले त झन् नेपालीमा छ भ्रष्टाचारीकाे जाल ।तैपनि देशकाे सुन्दरता छ असाधारणीययँहा प्रकृतिको अनुभव छअविस्मरणीय।।सगरमाथाको उचाइलाई पार गर्न सकिन्न्रारा तालको सुन्दरतालाई जित्न नि सकिन्न ।जातजाति अनि भेषभूषाको घर हो नेपालधर्म र संस्कृति परम्पराको घर हो नेपाल ।।मानिस घुम्न आँउछन्, यहाँ मित्रता बढाउँछन्सगरकाे उचाइ गाेर्खाली मान शिरमा चढाउँछन् ।स्वतन्त्रता र सुन्दरताको वर्णन हो नेपालविविधाकाे आकर्षण हाे याे हाम्राे नेपाल ।।एउटा माला जस्तै बन्नेछाैँ एक बन्छौँ समूहसँगै बसेर काम गरिरहने हाम्रो छ चरित्र।।आफ्नो देशको मान सम्मान राख्नु हो कर्तव्यसबैकाे माया गरिरहनु हाे हाम्रो कर्तव्य ।नेपालमै रहे माया र सम्मानको अर्थ बुझ्ने छौँएकअर्कालाई मदत गरी अघि बढ्ने छौँ।
0 reads
Published on 5/24/2023
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 8
Roll No: 28009
77
More Articles from
Student