आमा
जन्म दियौ मलाई,हिड्न सिकायौ मलाई,तिमी बोट बनेर,पाल्यौ मलाई,तिम्रै दान र सङघर्षले हुर्कायौ मलाई।।म हुँ गिलो माटो,देखाउँदै मलाई सही बाटो,हरेक कदममा ताली बजाई,दिई मलाई धेरै रजाई।।त्यसैले तिम्रो नाम बनाउँछु उच्च,भई एक ज्ञानी र सुयोग्य पुत्र,पैसाले तिम्रो गुण तिर्न सक्दिन,पहिले खराब बाटोमा म कहिल्यै लाग्दिन।।तिमी हौ मेरो जीवनको सहारा,मायाको अपार प्रेम धारा,लड्दा उनाउँछौ मायाले,बिरामी हुँदा स्याहार्दै मायाले।।तर खोजे पनि अर्को आमा पाइँदैन,त्यसैले आमासँगै बिताएको हुँदैन,आमालाई भगवान् मानेर माया गरौँ,साथ जहिल्यै दिएर, सम्मान गरौँ।।
0 reads
Published on 12/27/2023
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 8
Roll No: 28009
77
More Articles from
Student