काठमाडाैँ सहर
देशको मुटु काठमाडाैँ नेपालको राजधानी सहर ठुलो अस्तव्यस्त प्रदूषणको खानी हरियाली देख्नुछैन,अहो कति मान्छे घरभन्दा गाडी धेरै,गाडीभन्दा मान्छे।
धुलो धुवाँ फोहोरले घाँटी अँठ्याउने रूख बिरूवा कति थोरै उराठ बनाउने स्वच्छ हावा पानी पाउन भयाे सारै गाह्रो इनार सुख्खा जताततै ,सुख्खा छ नि धारो ।
नदीहरू उस्तै गति डुङ्डुङ् गनाउने बासिन्दाले नै हो सफा हरित बनाउने पोखरी खनौँ जमिनमा पानी पाउँनलाई अनि बल्ल सबै पाउँछाैँ हामी रमाउनलाई ।
घरघरमा बँगैचा भए सुन्दरता दिन्छ चराहरूकाे चिरबिरले शीतलता मिल्छ खेल्न,डुल्न जोखिम छ कोलाहल धेरै हार्दिकता र मानवता त मेरै गाँउमा धेरै ।
0 reads
Published on 6/28/2021
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 6
Roll No: 28009
77
More Articles from
Student