ट्याक्टर र कृषि
कृषिकर्म भन्नाले बाली उब्जाउने र जनावर हुर्काउने काम भनेर बुझ्न सकिन्छ । हामीलाई कृषि गर्न धेरै औजारहरू चाहिन्छन् । तिनीहरूमध्ये हलो, जुवा, कोदालो, कुटो, हँसिया, हँसिया डोको,ट्याक्टर आदि चाहिन्छन् । यी औजारहरूमध्ये ट्याक्टर एक महत्त्वपूर्ण कृषि औजार हाे।ट्र्याक्टर मूलतः एक मेसिन हो । यसले कृषि कार्यहरू गर्नको लागि धेरै मदत प्रदान गर्दछ। ट्रयाक्टरहरू खेत जोत्न, खेती गर्न र बाली काट्नका लागि, विभिन्न प्रकारका औजारहरू तान्न प्रयोग गर्न सकिन्छ, र सामान ढुवानी र व्यक्तिगत यातायातका लागि पनि प्रयोग गर्न सकिन्छ । ट्रयाक्टरहरूले भारी उपकरणहरू सजिलै तान्न सक्छन् र धेरै अरू कामहरू पनि गर्न सक्छन् जुनले धेरै समय बचत गर्न मदत गर्छ । त्यसैले अहिले ट्याक्टरले किसानको धेरै समय बचत गरेका छन् । ट्रयाक्टरको मुख्य फाइदा उत्पादन बढाउनु हो । ट्रयाक्टरको प्रयोगले कृषि उत्पादन बढाउन सकिन्छ र यसले देशको विकासमा पनि गर्न मदत गर्छ।त्यसकारण ट्रयाक्टर कृषिमा धेरै महत्त्वपूर्ण औजार हो र किसानहरूका लागि अति आवश्यक छ । यसले हाम्रो देशको विकासमा पनि मद्दत गर्न सक्छ त्यसैले हामीले कृषिलाई हाम्रो मुख्य पेसा भएकाले बढाउनुपर्छ र हाम्रो देशको विकास गर्नुपर्छ।
0 reads
Published on 1/12/2022
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 6
Roll No: 28009
77
More Articles from
Student