साथी
साथी हुन्छन् अनेकमिल्ने चाँहि हुन्छ एकखाजा बाड्ने,मित्रता साट्ने,रातराति एकअर्काको कपाल नि बाट्ने ।।कहिल्यै छोड्दिन भन्थ्यौ साथ,तर गाह्रो हुँदा छाडेर जान्छौ साथ,झुटाे र असल छुट्याउन गाह्रो हुन्छ,समय आएपछि साँचो थाहा हुन्छ ।।साँचो साथी हुन्छ यस्तो,सूर्यको किरण जस्तो,कहिल्यै छोड्छिन् साथ,गाह्रोमा झन् हुन्छन् आफूसाथ।।तर कहिल्यै त्यस्ता साथी पनि हुँदैन,समय र भाग्यले दिँदैन साथ,त्यतिबेला विगतको आउँछ याद,पहिलेको मनले याद आउँछ।।सँगै बसेर खेलेको दिन,बिर्सिन मैले कहिल्यै सक्दिनँ,अहिलेको समयलाई सदुपयोग गर,पछि गएर अफसोस नमान।।
0 reads
Published on 12/12/2023
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 8
Roll No: 28009
77
More Articles from
Student