भविष्यकाे याेजना
(राम्रा साथीहरू सुमन र सुजन विद्यालयबाट घर फर्किरहेका बेला भविष्यको योजनाका बारेमा कुराकानी गरिरहेका छन्) सुमन ः नमस्कार सुजन तिमीलाई कस्तो छ? सुजनः मलाई ठिक छ तिमीलाई कस्तो छ नि ? सुमन ः मलाई पनि ठिक छ, हामी दुबैले हाम्रो परीक्षामा राम्रो परिणाम पाएकाले खुसी छु। सुजनः म पनि खुसी छु । तिमीले कडा मिहिनेतका साथ पढेका छाैँ । बरू तिम्रो भविष्यको योजना के हो भनिदेऊ न। सुमन ः हुन्छ, मैले पहिले नै मैले योजना गरिसकेको छु किन लुकाउनु । मेरो योजना शिक्षक बन्ने हो ताकि म ती बच्चाहरूलाई मद्दत गर्न सकूँ जो भविष्यको लागि उचित शिक्षा पाइरहेका छैनन् । हाम्रो प्रदेश दुईमा धेरै बच्चाहरू छन् जो सिक्न र शिक्षा लिन पाएका छैनन् त्यसैले म उनीहरूलाई मद्दत गर्न चाहन्छु । सुजनः तिम्रो भविष्यका लागि यो एक शानदार योजना हो। म पक्का छु कि तिमी साँच्चिकै सफल हुनेछाै । सुमन ः धन्यवाद तर म तिम्रो भविष्यको योजना जान्न चाहन्छु । सुजन ः म भविष्यमा म डाक्टर बन्न चाहन्छु म एक डाक्टर बन्न चाहन्छु किनकि धेरै व्यक्तिहरूको जीवन बचाउने डाक्टरले नै हो। म त्यस्तो व्यक्ति बन्न चाहन्छु जो तड्पिरहेका मानिसलाई मद्दत गर्न सकोस् हाम्रो देशका गाँउमा मानिसहरू धाँमी झाँक्रीमा विश्वास गर्दछन्, उनीहरू स्वास्थ्य चौकी जस्तो स्वास्थ्य केन्द्रहरूमा जाँदैनन् यद्यपि त्यहाँ धेरै स्वास्थ्य चौकी भए पनि । त्यसैले म उनीहरूलाई देखाउन चाहन्छु कि धाँमी झाँक्रीले मान्छेलाई बचाउन सक्दैन उनीहरूलाई बचाउँन सक्ने भनेको डाक्टर हुन् त्यसैले ती प्रकारका चीजहरूमा विश्वास गर्न छोड्नुपर्छ सुमन ःवाह तिम्रो साँच्चिकै ठुलो मुटु छ, ती मानिसहरूलाई हामीले मद्दत गरेमा हामीलाई खाँचो परेको बेला उनीहरूले हामीलाई सहयोग गर्छन् किनभने जब हामी कसैलाई मद्दत गर्छौ उनीहरूले सँधै हामीलाई सहयोग गर्छन्। सुजनः धन्यवाद तर अब हामी आफ्नो घर पुग्न लाग्याैँ , बिदा हुने बेला भइसक्यो। नमस्कार। सुमन ः ल अब भाेलि भेटाैँला है । नमस्कार! (ती दुबै एक अर्कालाई बिदा गर्छन् र आ-आफ्ना घरतिर लाग्छन्)
0 reads
Published on 7/5/2021
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 6
Roll No: 28009
77
More Articles from
Student