चिडियाखाना घुमघाम
प्रशिद्धि, इशानी, प्रशिद्ध र इशिता र चार मिल्ने साथीहरुले चिडियाघरको भ्रमण गर्ने निर्णय गर्छन् । दुई बजे उनीहरू चिडियाखानामा पुग्छन्। चिडियाखानामा भएको यो कुराकानी यहाँ प्रस्तुत गरिएको छ । इशानी - यो त कति डरलाग्दो छ, यसको शरीरको चारैतिर काँडैकाँडा छन् । के हो यो ? प्रसिद्धि- तिमीलाई अहिलेसम्म थाहा छैन र । यो त गोही हो। इशानी - यो त पानीमा हुनु पर्ने नि हैन र ? प्रशिद्धी - हो, तर यो बाहिर छ किनभने पानीमा चिसो छ, अहिल्यै चिसो मौसम हो थाहा छैन कि बिर्स्यौ हँ! तैपनि याे त जमिन र पानी दुवै ठाउँमा बस्ने जनावर हाे नि! एशानी - ए! अँ…, मैले त भुसुक्कै पो बिर्सेकी । इशिता- अब बाघको खोरमा जाऊँ न। (सबै जना सहमत हुन्छन्) प्रशिद्धी -सिंह र त्यसका बच्चाहरू। कस्तो राम्रो देखिएको है ?! प्रसिद्ध - आ! यिनीहरु त डरलाग्दो छन् तर बच्चाहरू चाहिँ प्यारा छन्। अब मलाई साँपहरू र चराको खण्डमा जान मनलाग्यो किनकि अब त ढिलो भइरहेको छ। इशिता - वाह! साँप त कति ठुलो छ, यसले त मलाई जिउँदो खान सक्छ। इशानी - हो तर तिनीहरूमा अलग्गै ठाउँमा छन् । आक्रमण गर्न सक्दैनन् । प्रशिद्धि- हो इशानीले ठिक भनिन्, तिनीहरूलाई अलग्गै राखिएकाे छ । । इशानी - अब चराको खण्डमा जाँऔ न , मैले त सुनेकी यहाँ धेरै प्रकारका चराहरू छन् र म तिनीहरूलाई हेर्न चाहन्छु। इशिता - हो मलाई पनि चरा धेरै मन पर्छ। सबैजना - हुन्छ, हुन्छ, जाऊँ । (त्यसपछि सबै चराको खण्डमा जान्छन्) तर ढिलो भइरहेको थियो त्यसैले उनीहरूले घर जाने बिचार गर्छन्। इशिता-ए अब ढिलो भइसहेको छ, अब घर जाऔँ । बाई! प्रासिद्धि-बाई प्रसिध्द-बाई एशानी - ल बाई। (सबैजना आ-आफ्नाे बाटाे लाग्छन्)
0 reads
Published on 9/21/2021
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 6
Roll No: 28009
77
More Articles from
Student