मिहिनेतको फल
एउटा सानो सहरमा आफ्नो भाइ र आमासँग बस्ने एउटा केटा थियो । उनीहरू गरिब थिएनन् तर धनी पनि थिएनन् । उनकी आमाले तिनीहरूलाई सधैँ नम्र र दयालु हुन सिकाउनुभएको थियो । तिनीहरूले त्यही कुरालाई अभ्यास गर्थे । तिनीहरूकी आमाले भन्नुहुन्थ्यो, "तिमीले कडा परिश्रम गर्यौ भने सधैँ माथि पुग्न सक्छौ ।" कान्छो छोरा हेनरी सधैँ सबैसँग दयालु थियो, उसले सानालाई माया र ठुलालाई आदरको साथ व्यवहार गर्यो । तर जेठो भाइ ह्यारी थियो र ऊ अलि अलि स्वार्थी थियो । ऊ धेरै जसो उसलाई फाइदा हुने काम गर्दथ्यो । ऊ सधैँ सहयोगी थियो तर सधैँ होइन । दुई दाजुभाइबिच राम्रो सम्बन्ध थियो तर तिनीहरू प्राय स-साना कुरामा झगडा गर्थे ।
एक बिहान थियो जब हेनरी अचानक चिच्यायो, "ह्यारी तिमीले मेरो कलम देखेका छौ ? मैले तिमीलाई उधारो दिएको थियो । त्यो निलो पट्टी भएको कलम ?" ह्यारी फेरि चिच्यायो । "मैले त्यो तिम्रो टेबुलमा राखेको छु।" हेनरीले फेरि भने, "यहाँ छैन त ।” तल तिनीहरूको आमा थिइन् । उनीहरूका लागि बिहानको खाजा पकाउँदै गर्दा ह्यारी तल आयो र ऊ आफ्नो कलमको कारण रिसाएजस्तो देखिन्थ्यो । त्यसैले उसले हेनरीलाई आफै गएर खोज्न भन्यो । त्यसपछि तिनीहरूकी आमाले उनीहरूलाई अहिले कलम खोज्नुको सट्टा, स्कुलको लागि तयार हुन भन्नुभयो । त्यसपछि तिनीहरू दुवै बिहानको खाजा खान हतारिए । जब तिनीहरूले देखे कि ८:३० भइसक्यो र बस ८:४० मा आइपुग्छ । स्कुलमा ह्यारी आठौँ कक्षामा पढ्थ्यो भने हेनरी सातमा पढ्थ्यो ।
ह्यारी आफ्नो कक्षामा गयो र हेनरीले आफ्ना साथीहरूलाई भेट्यो । ती साथीहरू भोलि कसरी ठुलो परीक्षा हुने र गाह्रो हुने भनेर कुरा गरिरहेका थिए । उनीहरूको प्रायः प्रत्येक छ महिनामा ती परीक्षाहरू हुन्थे । यदि उनीहरूले राम्रो अङ्क ल्याउन सके भने, उनीहरूले छात्रवृत्ति पाउँथे । पछिल्लो पटक हेनरीले लगभग पाइसकेको थियो र यस पटक, उनीहरूकी आमाले उनीहरूलाई राम्रो अङ्क र छात्रवृत्ति ल्याएमा भनेकी थिइन् कि उनले उनीहरूलाई १ मनपर्ने सामान किनिदिनेछिन् तर एउटाले मात्र पाउनेछन् । यो थाहा पाएपछि हेनरी र ह्यारीले सम्भव भएसम्म राम्रो स्कोर ल्याउन अभ्यास गरिरहेका थिए । हेनरी र ह्यारी दुवै धेरै विषयमा राम्रा थिए तर तिनीहरू दुवै गणितमा अलि कमजोर थिए । हेनरीले चाँहि धेरै अभ्यास गर्ने निर्णय गर्यो ।
तर ह्यारीले अहिलेसम्म अभ्यास गरेको थिएन किनभने ऊ पास हुन सक्छु भन्ने विश्वस्त थियो । त्यो दिन खाना समयमा हेनरी आफ्ना साथीहरूसँग खाना खान गएको थियो भने ह्यारी उनीहरूसँग गएको थिएन । प्रत्येक दिन ह्यारी उनीहरूसँग खाना खान्थे त्यसैले ऊ कहाँ जाँदैछ भन्ने अन्योलमा परेपछि उसले ह्यारीलाई सोध्यो, "ह्यारी तिमी कता जाँदैछौ ? खाना खाने हो कि होइन? "। ह्यारी अलमलमा पर्यो तर भन्यो, "हो, म बाथरुमजान लागेको ।” त्यसपछि हेनरीले हुन्छ भनेर खाना खान थाल्यो। त्यस पछि उनीहरूले परीक्षण र अन्य कुराको बारेमा कुरा गरे। जब त्यहाँ कोही थिएन ह्यारी बाथरुममा गयो र त्यहा सबैजना बाहिर गएका थिए । लगभग सबैजना... त्यसपछि उसले त्यो व्यक्तिलाई देख्यो, त्यो जेम्स नामको उसको कक्षाको साथी थियो, ऊ जेम्ससँग धेरै नजिक थिएन तर कहिलेकाहीँ उनीहरू कुरा गर्थे, प्रायः सबै विषयमा प्रतिस्पर्धा गर्दा पनि जेम्सलेले उसलाई झन्डै जितेको थियो । त्यसपछि त्यस केटाले एउटा पेपर निकाल्यो, त्यो परीक्षाको प्रश्नपत्र थियो । ह्यारी धेरै खुसी भयो र उसले उसलाई करिब १०० रुपैँया दियो । ऊ फेरि टेबुलमा फर्कियो र सबैले जस्तै आफ्नो खाना खायो। उसले सबै प्रश्नहरूको हल गर्न तयार भयो र ती सबैको उत्तर थाहा थपायो र खुसीसाथ आफ्नो कक्षाकोठामा गयो ।
0 reads
Published on 8/3/2024
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 9
Roll No: 28009
77
More Articles from
Student