परम्पराप्रति माया
नेपाल हो एक सुन्दर देश,
गुण नै गुण यहाँकाे विशेष,
छन् उचित जनशक्ति र परम्परा पनि,
म गर्वका साथ भन्छु
म नेपाली र नेपाल मेराे देश
म नेपाली छ आफ्नै भाषा र भेष
हुँ म यस देशको जनता,
परम्परामा र संस्कृतिमा बाँधिएको
तर परवाह छैन मलाई,
किनकि छ साथ सबैको
यो देश छ अनौठो,
सुन्दरता सधैँ छ नाैलाे ।
कोही छाैँ मधेसी,
कोही छाैँ हिमाली,
काेही छाैँ पहाडी
तर जाे जे भए नि,
हामी सबै नेपाली ।
एकतामा विविधताको मेरुदण्ड,
यही हो हाम्रो पहिचान,
नेपालीकाे बेग्लै स्वाभिमान
गर्दैनाैँ हामी कहिल्यै अभिमान
परम्पराले हामीलाई बचाए,
सयपत्री फूलजस्तै हामी गाँसिएका
यही हाे हाम्रो स्वाभिमान,
यही हाे हाम्रो चिनारी,
नेपाल धर्ती सबकाे पियारी ।
0 reads
Published on 6/26/2024
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 9
Roll No: 28009
77
More Articles from
Student