भानुभक्त आचार्य
‘भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो’
नेपाली भाषाका आदिकवि भानुभक्तको जन्म वि.सं १८७१ असार २९ गते तनहुँको रम्घा भन्ने गाउँमा भएको थियो। उहाँको पिताको नाम धनञ्जय आचार्य र माताको नाम धर्मावती हो । उहाँले आफ्नो हजुरबुबासँग घरमै बसेर पढ्नुभएको थियो । हजुरबुबाले संस्कृतका श्लोकहरू वाचन गर्दा उहाँलाई सुनेर नै सबै कण्ठ हुन्थ्यो। यसबाट उहाँलाई नेपाली भाषामा कविता लेख्ने प्रेरणा मिल्यो । उहाँले संस्कृत भाषाको ‘रामायण’ नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गर्नुभयो । यो पुस्तक सबैलाई मन पर्ने पुस्तक हो । घाँसीबाट समेत प्रभावित भई उहाँले कविताको रचना गर्नुभएको थियो। उहाँका कृतिहरू भक्तमाला, वधूशिक्षा, प्रश्नोत्तर आदि प्रसिद्ध छन् । यस्ता प्रतिभावान व्यक्ति वि.सं १९२५ साल असोज ६ गते यस संसारबाट बिदा हुनुभयो । आज उहाँ हामी माझ नभए पनि हामी सबैका मन मुटुमा उहाँ अमर हुनुहुन्छ । उहाँको सम्झनामा हरेक साल असार २९ गते धुमधामका साथ भानुजयन्ती मनाइन्छ ।
0 reads
Published on 7/18/2024
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 3
Roll No: 34018
39
More Articles from
Student