मेराे हजुरबुबा
मेराे हजुरबुबाकाे नाम पुन्य प्रसाद अर्याल हाे । उहाँ हाम्राे परिवारकाे मुखिया हुनुहुन्छ । उहाँलाई दाेैरा सुरुवाल ढाकाकाे टाेपी लगाउन मन पर्छ । उहाँलाई धार्मिक पुस्तक पढ्न मन लाग्छ । उहाँले मलाई सधैँ राम्राे,असल, मिहिनेती र अनुशासित मानिस बन्नुपर्छ भनेर प्रेरणा दिनुहुन्छ । उहाँले मलाई धेरै माया गर्नुहुन्छ। उहाँले मलाई मन्दिरमा दर्शन गर्न लानुहुन्छ। मलाई उहाँसँग समय बिताउन ,खेल्न र ज्ञानगुनका कुरा सिक्न धेरै मन पर्छ । दसैँमा हामी सबैजना उहाँबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्छाैँ । हामी सबैजना उहाँलाई धेरै माया गछाैँ । हाम्राे हजुरबुबा हामीसबैका आँखाका ज्याेति हुनुहुन्छ ।
0 reads
Published on 6/20/2023
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 2
Roll No: 34018
39
More Articles from
Student