मोबाइल फोन
मोबाइल फोन एउटा विद्युतीय उपकरण हो। यसको मद्दतले हामी कुनै पनि व्यक्तिसँग कुराकानी गर्न सक्छौँ । नजिक, टाढा, देश, विदेश जुनसुकै ठाउँ र समयमा कुराकानी गर्न सक्छौँ । मोबाइल फोनमा अङ्क थिचेर एक अर्कासँग कुरा गर्न सकिन्छ। यसबाट हामी सन्देश पनि पठाउन सक्छौँ । यसमा हामी विभिन्न खेलहरू पनि खेल्न सक्छौँ । यसमा रेडियो र गीत पनि सुन्न सक्छौँ । यसमा भिडियो र अडियो रेकर्ड पनि गर्न सक्छौँ । यसमा हिसाब गर्नको लागि क्यालकुलेटर पनि हुन्छ। यसबाट हामी फोटो खिच्न र सामाजिक सञ्जाल पनि चलाउन सक्छौँ । हामीले मोबाइल फोनलाई सही तरिकाले प्रयोग गर्नुपर्छ । यो हाम्राे अहिलेसम्मकै मन पर्ने उपकरण हो।
0 reads
Published on 9/4/2024
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 3
Roll No: 34018
39
More Articles from
Student