सामाजिक कुरीति
सामाजिक कुरीति
समाजमा रहेका नराम्रा र अनुचित चलनलाई सामाजिक कुरीति वा कुप्रथा भनिन्छ । यो समाजको हित विपरीत चल्ने रीति हो । यसको कारणले व्यक्ति र समाजले प्रगति गर्न सक्दैन । नेपाल बहुसांस्कृतिक र बहुधार्मिक देश हो । यहाँ विभिन्न जातजाति र समुदायको बसोबास छ र हरेकका आ-आफ्नै परम्परा र चलनचल्ती छन् तर केही यस्ता चलनहरू पनि छन् जसले समाजमा नकरात्मक असर पारेका छन् । यस्ता केही नराम्रा चलनहरू यस प्रकार छन् :
(क) छुवाछुत : छुवाछुत भनेको एउटा मानिसले अर्को मानिसलाई हुन नहुने र छोएको नखाने कुप्रथा हो । माथिल्लो जातको मानिसलाई तल्लाे जातको मानिसले छोएमा बिटुलो हुने भन्ने गलत धारणा हो ।
(ख) अन्धविश्वासः अरूले भनेको वा गरेको कुरालाई सोचविचार नगरी विश्वास गर्नुलाई अन्धविश्वास भनिन्छ । धामीझाँक्री, भूतप्रेत, बोक्सी आदि अन्धविश्वासका उदाहरण हुन् ।
(ग) दाइजो प्रथा : दाइजो भनेको विवाहमा दुलहीको परिवारले दुलाहाको परिवारलाई दिने पैसा, सुनचाँदी, सरसामान आदि हो । यो प्रथाले महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा कमजाेर बनाउँछ ।
(घ) छाउपडीः महिनावारी र सुत्केरी भएको बेला महिलाहरूलाई घरभन्दा टाढा छाउघरमा बस्न बाध्य पारिने चलनलाई छाउपाडी भनिन्छ । यसले महिलाहरूको स्वास्थमा गम्भीर असर पार्छ ।
(ङ) बालश्रमः बालबालिकालाई उनीहरूको उमेर र क्षमताभन्दा बढी काम गर्न लगाउने कार्य बालश्रम हो । यसले बालबालिकाको शारीरिक, सामाजिक र मानसिक विकासमा नकारात्म असर पार्ने हुदाँ बालश्रम गराउनुहुँदैन ।
यी त केही उदाहरण मात्र हुन् । जुवातास खेल्ने, घरेलु हिंसा, महिला हिंसा, ज्येष्ठ नागरिकप्रति गरिने विभेद, धार्मिक विभेद, बाल विवाह, जातीय विभेद, कमजोर वर्गमाथि अत्याचार आदि पनि सामाजिक कुरीति हुन् । यस्ता नराम्रा सामाजिक चलनहरूलाई
निर्मूल पार्न सबैले एकजुट भएर प्रयास गर्नुपर्छ । शिक्षा, जनचेतना र कानुनी कारबाहीको माध्यमबाट यस्ता चलनहरूलाई हटाउन सकिन्छ ।
0 reads
Published on 7/22/2026
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 5
Roll No: 34018
39
More Articles from
Student