मलाई मन पर्ने किताब
मलाई मन पर्ने किताब गणित हाे । गणित विषय धेरै नै रोचक र रमाइलो छ । यो किताबबाट मैले अङ्कहरूका बारेमा सिकेँ । मैले सुरुमा अङ्कहरू त्यसपछि जोड, घटाउ, भाग, गुणन तालिका पनि जानेँ । मलाई गणितको प्रश्नहरू समाधान गर्न धेरै सजिलो र रमाइलो लाग्छ । यो विषयले मलाई अङ्कहरूसँगै खेलाउँछ । यो विषय जति पढ्याे त्यति नै पढ्न मन लाग्छ । यो विषयले अङ्कहरूका मात्र ज्ञान दिने होइन । यसले त समय, वस्तुका आकारहरू, पैसाको हिसाब र अरु थुप्रै कुराहरू सिकाउँछ । जुन दैनिक जीवनमा धेरै उपयोगी हुन्छ ।
0 reads
Published on 12/27/2023
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 2
Roll No: 34018
39
More Articles from
Student