शिक्षाको महत्त्व
सरल भाषामा शिक्षा भनेको ज्ञान हो । ज्ञानले मानिसलाई ज्ञानी बनाउँछ । शिक्षा विना मानिसको जीवन अधुरो हुन्छ । शिक्षा प्राप्त गर्नको लागि उमेर, धर्म, संस्कार केहीले पनि छेक्दैन। मानिसले जन्म लिएदेखि बाँचुन्जेलसम्म ज्ञान लिन सक्छ । शिक्षाले मानिसलाई राम्रो नराम्रो, असल खराब, गर्न हुने र गर्न नहुने काम गर्न छुट्याउन सिकाउँछ । शिक्षा भएन भने संसार नै अँध्याराे हुन्छ । मानिसले शिक्षा पढेर ,देखेर, सुनेर, छामेर पनि प्राप्त गर्न सक्छन् । मानिसले शिक्षा घर, स्कुल, कलेज जुनसुकै ठाउँमा पनि प्राप्त गर्न सक्छ । सही बाटो समात्न शिक्षा चाहिन्छ । शिक्षाले मानिसलाई अनुशासित र सभ्य बनाउँछ ।
0 reads
Published on 11/2/2023
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 2
Roll No: 34018
39
More Articles from
Student