फलफूल
मानिसलाई बाँच्नको लागि दैनिक सन्तुलित आहारको आवश्यकता पर्दछ । हामीले खाने हरेक आहाराको मुख्य स्रोत नै वनस्पति हो । प्रायः सबै किसिमका खानेकुराहरू वनस्पतिबाट नै पाइन्छन् । वनस्पतिबाट धेरै थरीका खानेकुराहरू पाइन्छन् जस्तैः अन्न, सागपात, दाल, गेडागुडी, फलफूल र मसला आदि । हामीले फलफूलबाट धेरै मात्रामा भिटामिन, पोटासियम, खनिज र फाइबर पाउँछौँ । फलफूलले शरीरलाई सुरक्षित राख्ने काम गर्छ । फलफूलले हाम्रो शरीरको तौल कायम राख्न मद्दत गर्छ। हाम्रो शरीरलाई रोग लाग्नबाट पनि बचाउँछ । फलफूलले हाम्रो पाचन प्रणालीलाई ठिक राख्छ । दिमागको कार्यशक्ति र सङ्क्रमणसँग लड्ने क्षमता बढाउने काम गर्छ । फलफूल खानाले हाम्रो छाला र कपालमा पनि चम्किलोपन आउँछ ।
0 reads
Published on 6/23/2025
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 4
Roll No: 34018
39
More Articles from
Student