पुस्तक
किताबलाई पुस्तक पनि भनिन्छ । किताब ज्ञानको भण्डार हो । जसले अज्ञानलाई हटाएर ज्ञानको ज्योति भर्ने काम गर्छ । किताब धेरै कागजका पानाहरूबाट बनेको हुन्छ । किताबमा आफ्नो नाम लेख्न, सजाएर राख्न र पढ्दै जाँदा मन परेका कुराहरूमा चिह्न पनि लगाउन सकिन्छ । किताबले हाम्रो उत्सुकतालाई पूरा गर्दछ । यसबाट विश्वभरि घटेका नयाँ कुराहरूको जानकारीहरू प्राप्त गर्न सकिन्छ । किताबले हामीलाई सबै क्षेत्रहरूको नयाँ र पुराना ज्ञान प्रदान गर्दछ । किताबले गर्दा नै आज हामी इतिहासको बारेमा अध्ययन गर्न सक्छौँ। किताब बच्चादेखि वृद्धवृद्धासम्म सबैलाई उपयोगी छ । किताब विभिन्न भाषामा लेखिन्छ । विज्ञान, गणित, प्रविधि, भाषा, कला, साहित्य, धर्म आदि धेरै विषयमा किताब लेखिन्छ । हामी कथा, कविता, निबन्ध, उपन्यास, लेख आदिका रूपमा पढ्न सक्छौँ । किताब हामी सबैलाई सधैँ आवश्यक र महत्त्वपूर्ण छ । त्यसैले आफू पनि निरन्तर किताब पढ्ने र अरूलाई पनि पढ्न प्रेरित गर्ने बानी गर्नुपर्छ ।
1 reads
Published on 10/9/2026
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 5
Roll No: 34018
39
More Articles from
Student