नगरकोट
शनिबार बिदाकाे दिन खाना खाएर हामी नगरकोट घुम्न हिँड्याैँ । नगरकोट भक्तपुर जिल्लामा पर्ने धेरै रमाइलो ठाउँ रहेछ । नगरकोटबाट हामीले हिमालका रमाइला दृश्यहरू पनि देख्यौँ। मानिसहरू नगरकोट बिहानकाे उदाउँदो सूर्यलाई हेर्न जाँदा रहेछन् । हामीले नगरकोटबाट काठमाडौँ उपत्यका पनि हेर्याैँ । त्यहाँ चौरमा बसेर घरैबाट बनाएर लगेका खाजा खायाैँ । केही फोटोहरू पनि खिच्यौँ । बहिनी र म धेरै खेल्यौँ । मलाई नगरकोट साह्रै रमाइलो लाग्यो।
0 reads
Published on 9/26/2024
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 3
Roll No: 34018
39
More Articles from
Student