तारेभिरको यात्रा
शनिबार बिहान खाना खाइसकेपछि तयार भएर म, मेरी बहिनी, आमा र बुबा तारेभिर घुम्न गयौँ । हामी जोरपाटी, गोकर्ण र सुन्ताखान हुँदै तारेभिर पुग्यौँ । सानी बहिनी साथमा भएकोले हामी तारेभिरकाे माथि हिँडेर जान सकेनौँ । तारेभिरको फेदसम्मको यात्रा धेरै रमाइलो भयो । हामीले बाटोमा ऐँसेलु टिपेर खायौँ । घरबाटै लगेको काँक्रो र पानी पनि खायौँ । तारेभिरमा जाँदा कतै बाटो पिच गरेको थियो भने कतै कच्ची थियो । कच्ची बाटोमा भने हामी हिँड्यौँ । वनमा धेरै ठुला ठुला रुखहरू थिए । बतास पनि सिरसिर चलेको थियो । हामीले केही मात्रामा फोटो पनि खिच्यौँ । हामीले घर फर्कँदा गोकर्णेश्वर महाेत्सव पनि हेर्याैँ । पानी पर्ला जस्तो भएकोले हामीले महोत्सवमा राखेका खेलौनाहरू चाहिँ खेलेनौँ । हामीलाई धेरै थकाइ पनि लागेको थियो । त्यसैले घर आएपछि खाजा खाएर आराम गर्याैँ ।
0 reads
Published on 7/3/2025
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 4
Roll No: 34018
39
More Articles from
Student