आलु
आलु तरकारीको राजा हो। आलु माटोमुनि फल्छ। आलुको आकार गोलो, लाम्चो, सानो, ठुलो जुनसुकै पनि हुनसक्छ। आलुबाट अचार, आलुपराठा, आलुपुरी, आलुचिप्स, आलुचप जस्ता विभिन्न परिकारहरू बनाएर खान सकिन्छ। आलुको परिकारहरू धेरै मिठो हुन्छ। आलु रातो र सेतो रङका हुन्छन्। हामीले आलुलाई जुनसुकै तरकारीसँग मिसाएर पकाउन सकिन्छ। आलुलाई पानीपुरीमा पनि हालेर खाइन्छ। आलु शक्ति दिने खाना हो। आलु संसारको सबै ठाउँमा फल्छ। आलुलाई उसिनेर र पोलेर थोरै नुन राखेर पनि खान सकिन्छ। हामीले आलुको हलुवा पनि बनाएर खान पनि सकिन्छ। मलाई आलुको तरकारी धेरै मिठो लाग्छ।
0 reads
Published on 2/21/2024
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 2
Roll No: 34018
39
More Articles from
Student