मेराे फूलबारी
बगैँचाका सुन्दर फूल टिप्नु हुँदैन
रङ्गीचङ्गी फूल कोपिला चुँड्नु हुँदैन।
फूलबारी नै सुगन्धित बास्ना हरर
फूलबारीमा पुतली झैँ खेल्ने रहर ।
साना साना मौरी मिली मह बनाउने
मिलीजुली काम गर्न हामीलाई सिकाउने ।
पूजा गर्दा मन्दिरमा फूल चढाउने
सयपत्री, मखमली माला बनाउने ।
फूलका बोटमा सधैँभरि पानी हाल्नु पर्दछ
फूल बिरुवालाई सधैँ माया गर्नुपर्दछ ।
फूलबारीका फूलहरू हाम्रा साथी
पढेलेखी ठुलो बनी हुन्छौँ हामी जाती ।
0 reads
Published on 12/17/2025
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 4
Roll No: 34018
39
More Articles from
Student