मेरो मन पर्ने खेल
मेरो मन पर्ने खेल फुटबल हाे । फुटबल विश्वकै लोकप्रिय खेलहरूमध्ये एक हो । फुटबल खेल्न जति मज्जा हुन्छ हेर्दा पनि उत्तिकै मज्जा आउँछ । फुटबल दुई समूहमा खेलिने खेल हो । फुटबल ठुलो चौरमा खेलिन्छ । प्रत्येक समूहमा ११ /११ जना खेलाडीहरू हुन्छन् । गोलपोस्टमा गोल गर्नु नै यो खेलको उद्देश्य हो । यस खेलमा गोलरक्षकले मात्र भकुन्डोलाई रोक्न आफ्नो हात प्रयोग गर्न सक्छ । बाँकी खेलाडीहरूले खुट्टाले मात्र खेल्न सक्छन् । यो खेल ९० मिनेटको हुन्छ । जुन समूहले बढी गाेल गर्छ त्यही समूह विजयी हुन्छ ।
0 reads
Published on 11/19/2024
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 3
Roll No: 34018
39
More Articles from
Student