मेरी प्यारी भाउजु
नानी बाबुलाई धेरै माया गर्ने
बाहिर घुम्न जाँदा सधैँ पापा ल्याइदिने
मेरी प्यारी भाउजु
सधैँ लगाउने गर्नुहुन्छ पाउजु
कहिले स्याउ कहिले सुन्तला ल्याइदिने
कहिले हँसाउने त कहिले घुमाउने
मेरी प्यारी भाउजु
सधैँ लगाउने गर्नुहुन्छ पाउजु
कति धेरै खेल खेलाउने
कहिले लुकामारी त कहिले दौडिने
मेरी प्यारी भाउजु
सधैँ लगाउने गर्नुहुन्छ पाउजु
बहिनी रुँदा सधैं फकाउने
मिठा मिठा परिकारहरू पकाउने
मेरी प्यारी भाउजु
सधैँ लगाउने गर्नुहुन्छ पाउजु
0 reads
Published on 7/4/2024
Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Vedanga Aryal
Grade 3
Roll No: 34018
39
More Articles from
Student