underline

बुद्ध जयन्ती

Underline

Share:

बुद्ध जयन्ती

बुद्ध जयन्ती विश्वभरि नै भगवान गौतम बुद्धको जन्मदिनको अवसरमा मनाइने चाड हो । यो चाड हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइन्छ । भगवान गौतम बुद्धको जन्म लगभग २५०० वर्ष पहिले रूपन्देही जिल्लाको लुम्बिनीमा राजा शुद्धोधन र रानी मायावतीको कोखबाट भएको थियो । उनको नाम सिद्धार्थ गौतम राखिएको थियो। उनी सानैदेखि दयालु र शान्त स्वभावका थिए । उनले आफ्नो शिक्षा गुरु विश्वामित्रबाट लिएका थिए । उनको राजकुमारी यशोधरासँग विवाह भएको थियो र उनका राहुल नामकाे छोरा पनि जन्मेका थिए । सिद्धार्थ गौतमलाई संसारमा मानिस किन जन्मन्छ? किन रोगी हुन्छ ? किन बुढो हुन्छ? र किन मर्छ? भन्ने प्रश्नले धेरै चिन्तित बनाएकोले उनले आफ्नो सुख, सुविधा छोडेर संसारलाई सुखी र उज्यालो बनाउन ज्ञानको खोजीमा हिँडे। उनी बोधगयामा गई कठोर तपस्या गरेर महाज्ञान प्राप्त गरे। उनले त्यो ज्ञान सबै बाँड्दै हिँडे। भगवान गौतम बुद्धले हामीलाई सधैँ सत्य, अहिंसा, सत्मार्ग, अनुशासित र सकारात्मक रूपले शान्तिको बाटोमा हिँड्न प्रेरित गर्नुहुन्छ । यस्ता महाज्ञानी गौतम बुद्धलाई विष्णुको नौ अवतार पनि मानिन्छ । गौतम बुद्धको मृत्यु ८० वर्षको उमेरमा कुशीनगरमा भएको थियो। उहाँको मृत्यु भएपनि उहाँले दिनुभएको अर्ती उपदेश हामी माझ सधैँ अमर रहिरहने छ।

0 reads

Published on 3/10/2026

Image

Vedanga Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Vedanga Aryal

Grade 4

Roll No: 34018

39

More Articles from

Student

Underline
Yummy! Yummy!

Yummy! Yummy!

Published 6/10/2022
गाई

गाई

Published 8/2/2022
My House

My House

Published 8/25/2022
My Lovely Sister

My Lovely Sister

Published 9/13/2022
The Solar System

The Solar System

Published 10/19/2022
दसैँ

दसैँ

Published 11/29/2022
My favourite fruit

My favourite fruit

Published 2/7/2023
मन पर्ने पाेसाक

मन पर्ने पाेसाक

Published 2/24/2023
मेराे हजुरबुबा

मेराे हजुरबुबा

Published 6/20/2023
My Favourite Game

My Favourite Game

Published 8/3/2023
My Little Sister

My Little Sister

Published 8/8/2023
घरको खानेकुरा

घरको खानेकुरा

Published 8/23/2023
The Story I Like The Most

The Story I Like The Most

Published 9/25/2023
Save the Trees

Save the Trees

Published 9/28/2023
शिक्षाको महत्त्व

शिक्षाको महत्त्व

Published 11/2/2023
My Sense Organs

My Sense Organs

Published 11/3/2023
Road Safety

Road Safety

Published 11/29/2023
Water

Water

Published 12/20/2023
मलाई मन पर्ने किताब

मलाई मन पर्ने किताब

Published 12/27/2023
Save the environment

Save the environment

Published 1/16/2024
आलु

आलु

Published 2/21/2024
मेरी बहिनी

मेरी बहिनी

Published 5/3/2024
मेरी बहिनी

मेरी बहिनी

Published 5/31/2024
Badminton

Badminton

Published 6/1/2024
आलु

आलु

Published 6/12/2024
मेरी बहिनी

मेरी बहिनी

Published 6/28/2024
मेरी प्यारी भाउजु

मेरी प्यारी भाउजु

Published 7/4/2024
भानुभक्त आचार्य

भानुभक्त आचार्य

Published 7/18/2024
National Paddy Day

National Paddy Day

Published 7/27/2024
मोबाइल फोन

मोबाइल फोन

Published 9/4/2024
नगरकोट

नगरकोट

Published 9/26/2024
मेरो मन पर्ने खेल

मेरो मन पर्ने खेल

Published 11/19/2024
फलफूल

फलफूल

Published 6/23/2025
तारेभिरको यात्रा

तारेभिरको यात्रा

Published 7/3/2025
मेराे फूलबारी

मेराे फूलबारी

Published 12/17/2025
पुस्तक समीक्षा : भुइँ भेट्यो भुमाले

पुस्तक समीक्षा : भुइँ भेट्यो भुमाले

Published 7/10/2026
सामाजिक कुरीति

सामाजिक कुरीति

Published 7/22/2026
पुस्तक

पुस्तक

Published 10/9/2026