शिक्षाकाे महत्त्व
शिक्षा अनिवार्य कुरा हाे । शिक्षा भएन भने मानिस ज्ञानकाे अन्धाे हुन्छ । शिक्षाकै कारण मानिसहरूले विभिन्न आविष्कार तथा विकासका कार्यहरू गर्न सक्छन् । अहिलेकाे जमानामा शिक्षा झनै चाहिन्छ । शिक्षा नभए राेजगारी पाउन र पैसा कमाउन सकिँदैन । घरेलु हिंसा, मादक पदार्थ सेवनजस्ता कुराहरू अशिक्षाकै कारण हुने गर्छन् । अशिक्षाबाट समाजमा विभिन्न विकृतिहरू आउन सक्छन् । शिक्षा नै यस्ताे कुरा हाे जसले याे देश र समाजलाई स्वच्छ र असल बनाउन सक्छ । आधुनिक समयमा शिक्षित संसारले गर्दा विभिन्न किसिमका राेग निकाे पार्ने उपायहरू आएका छन् । शिक्षाकाे विकास हुन नसकेकाे भए हामीलाई अहिले याे संसारमना बाँच्न धेरै गाह्राे हुने थियाे ।
0 reads
Published on 8/22/2024
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 6
Roll No: 31019
38
More Articles from
Student