मातातीर्थ औँसी
मातातीर्थ औंसी वैशाख महिनामा पर्दछ । यस दिनलाई आमाको मुख हेर्ने दिनको रुपमा पनि लिइन्छ । जन्मदिने आमालाई सम्मान र आदर गर्दै यस दिन खुसियाली पूर्वक मनाइन्छ । यस दिनमा आमालाई मन पर्ने मिठाई फलफूल कपडा दिने गरिन्छ । आमा नहुने मानिसहरूले आफ्नी आमाको सम्झनामा श्राद्ध गरेर आमालाई मन पर्ने कुराहरू दान गर्ने प्रचलन छ । यस दिनमा काठमाडौँको मातातीर्थमा ठूलो मेला लाग्दछ । नेपाल तथा इन्डियाबाट धेरै मानिसहरू आएर मातातीर्थ मन्दिरमा दर्शन गर्ने र दान गर्ने गर्दछन् । आमालाई आदर र सम्मान प्रत्येक दिन गरिन्छ तैपनि यस दिनलाई विशेष दिनको रूपमा मनाइन्छ । मैले पनि मातातीर्थ मनाउने गरेको छु । यस वर्ष पनि आमाको लागि आफैँले कार्ड बनाए । मातातीर्थ औँसी मनाउनका लागि मलाई बाबाले सहयोग गर्नुभयाे । आमाका लागि नयाँ कपडा किनेर ल्याएँ । ‘मातृदेवो भव’ आमालाई सधैँ मान र सम्मान गरौँ ।
0 reads
Published on 7/4/2022
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 4
Roll No: 31019
38
More Articles from
Student