हाम्रो स्कुल पुस्तक समीक्षा
परिचयःहाम्रो स्कुल एउटा बाल उपन्यास हो । यस उपन्यासका लेखक तेजप्रकाश श्रेष्ठ हुन् । यो उपन्यसको चित्रकार स्व. एकराम सिंह हुन् । यस उपन्यासलाई बालसंसार प्रा.लि. ले प्रकाशन गरेको हो । यस उपन्यासमा रमेश, उनको विद्यालयको परिवेशलाई देखाउन खोजिएको छ।पात्रहरूःमुख्य पात्रः यस बाल उपन्यासको मुख्य पात्र रमेश हो ।अन्य पात्रहरूः आइते, कमला, रमेशकी आमा, तिमिला गुरुआमा, दिनेश सर, प्रअ लामा, आशा गुरुआमा, दोर्जे, बिमल सर,च्यान्टी,सुन्तली काइँली, जमुना, लेम्बु आदि रहेका छन् ।कथावस्तुःरमेश आमासँग विद्यालयको गृहकार्य छैन भनि आइतेसँग खेल्न दौडन्छ । ऊ आमाले जति कराउँदा पनि गृहकार्य छैन भनि पढ्नलाई आलटाल गरि रहन्छ । एकदिन कमला रमेशसँग गृहकार्य सोध्न आउँदा मात्र आमाले रमेशले पढ्न मन नगरेको र गृहकार्य नगरेर विद्यालयमा शिक्षकहरुको कुटाई खाएको कुरा चाल पाउँछिन । त्यस कुराले रमेशकी आमा राधिकालाई छोराको सार्है चिन्ता लाग्छ । उनले सुत्ने बेलामा रमेशका बाबु गरिबीका कारण परदेसिन बाध्य भएको कुरा, आफ्ना श्रीमानले छोरालाई राम्रो शिक्षा दिक्षा दिने र हामीले जस्तो दुःख हाम्रो छोराले भोग्न नपरोस् भनेको कुरा सम्झँदै रुन्छिन् । आफ्ना श्रीमान् विदेश गएर पैसा कमाएर सुख काटौला भनेका हुन्छन् तर विडम्बना उनी दलालको फन्दामा परी दुःख पाएका हुन्छन् ।यता रमेश आमासँग विद्यालय जान्छु भनि घरबाट त हिँड्छ तर विद्यालय गएपनि शिक्षकले पढाएका कुरा बुझ्ने होइन कुटाइ मात्र खान किन जाने भन्ने सोचेर साथीहरुसँग खोलामा माछा मार्न जान्छ । रमेशकी आमाले मेलामा जाँदा काइँली, जमुना, सुन्तलीहरूसँग विद्यालयको पढाइ राम्रो नभएको कुरा सुनाउँछिन् अरु अविभावकहरूले पनि आफ्ना छोराछोरी पढाइमा कमजोर भएको कुरा बताउँछन् र विद्यालयमा कुरा गर्न जाने निधो गर्छन् । यता विद्यालयमा नयाँ गुरुआमा आउनुहुन्छ । विद्यार्थीहरूले अरू गुरु, गुरुआमा जस्तै त होला नि यी पनि भनेर सोच्दछन् । तर नयाँ गुरुआमा असल र माया गर्ने, खेलाएर पढाउने , बुझाउने खालकी हुन्छिन् । यसैबिच राधिका लगायत सबैजना प्रअ लाई भेट्न जान्छन् र आफ्ना कुराहरू राख्छन् । त्यसपछि प्रअले मिटिङ राखी सबैकुरा छलफल गर्छन् तैपनि दिनेश सर, बिमल सरहरू राम्रो पढाएको तर विद्यार्थीले नपढेको कुरा गर्छन् । तिमिला गुरुआमाले पढाउने तरिकाहरूज्ञ परिवर्तन गर्नुपर्ने कुरा राख्छिन्। जुन कुरा अरु शिक्षकहरुलाई मन पर्दैन । प्रअ लामाले पनि तिमिला गुरुआमाको कुरा सहि रहेको भन्छन्। विद्यालयमा खेल्ने कुराहरूको बन्दोबस्त गरिदिन्छन् । विद्यार्थीहरूलाई शैक्षिक भ्रमणमा लैजाने, अन्य क्रियाकलापहरू जस्तै, हाजिरी जवाफ प्रतियोगिता, कविता प्रतियोगिता आदि गराउन थाल्दछन् । विद्यालयमा बाल क्लवको स्थापना गरी सरसफाई कार्यक्रम , सचेतना कार्यक्रम आदि गरी विद्यार्थीहरूले राम्रो कार्य गर्छन् साथै उनीहरूले पढाइमा पनि खुब मन लगाउँछन् ।परिवेशःयस कथाको परिवेशमा नेपाली ग्रामीण रमेशको विद्यालय, खोला, मेलापात र गाँउले परिवेश रहेको छ ।सिफारिसः‘हाम्रो स्कुल’ भन्ने बाल उपन्यास म सबैलाई पढ्न सिफारिस गर्छु किनकि यो पुस्तक ज्ञानवर्धक छ । यस पुस्तकमा विद्यार्थीलाई कुटेर, डराएर भन्दापनि उनीहरूका समस्याहरू बुझी विभिन्न शैक्षिक गतिविधिहरूमा संलग्न गराएर पढाउँदा उनीहरूले बुझ्ने र शैक्षिक नतिजा पनि राम्रो हुने कुरा प्रष्ट पार्न खोजिएको छ।
0 reads
Published on 4/29/2024
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 6
Roll No: 31019
38
More Articles from
Student