मेराे मन पर्ने पुस्तक
मैले धेरै बालकथाहरू पढेको छु । त्यसमध्ये मलाई ‘गायक बिरालो’ बालकथा सङ्ग्रह साह्रै राम्रो लागेको थियो । त्यस सङ्ग्रहमा रहेको ‘अर्जुनको हिम्मत’ शीर्षकको कथा धेरै राम्रो रहेकाे छ । यस कथालाई यम बास्ताेला ज्यूले लेख्नुभएको हो । यस पुस्तकलाई ‘ब्रदर बुक प्रकाशन’ले बजारमा ल्याएको हो । यस कथामा अर्जुन, बुबा, आमा, सञ्जीव आदि पात्रहरू रहेका छन् ।विषयवस्तुयस कथामा अर्जुन नामकाे बालक हुन्छ । ऊ पढेर भविष्यमा राम्रो इन्जिनियर बन्न चाहन्छ तर दुर्भाग्यवश ज्वरोको समयमा उपचार नगरेकाले उसका आँखाका ज्योति हराउँछन् । त्यस दिनदेखि ऊ स्कुल नगएर घरमै बस्छ । सानो भाइ स्कुल जान थाल्छ र भाइसँगै ऊ पनि फेरि स्कुल जान थाल्छ । अर्जुन पढाइमा तेज थियो । उसले भाइलाई पनि पढाइमा सहयोग गर्थ्यो । ऊ विद्यालयका हरेक कार्यक्रममा पुरस्कृत हुन्थ्यो । यो कुरा सुनेर आमाबुबा खुसी हुनुभयो र अर्जुनलाई अझै सहयोग गर्नुभयो । अर्जुनले ब्रेल लिपिकाे सहायताले उच्च शिक्षा हासिल गर्न सफल भयो र भाषण कलामा निपूर्ण भएकोले देशको प्रतिनिधि गर्दै विश्व भ्रमणको अवसर पनि पायो र विदेशी भूमीमा पुरस्कृत भएर देशकै नाम राख्यो ।
0 reads
Published on 12/20/2022
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 4
Roll No: 31019
38
More Articles from
Student