मेराे सप्ताहन्त
हाम्रो विद्यालय प्रत्येक शनिवार र आइतवार छुट्टी हुन्छ । शनिवार र आइतवार मलाई धेरै रमाइलो लाग्छ । शनिवार म मेरा पहिला सँगै पढेका विद्यालयका साथीहरूसँग पौडी खेल्न गएको थिए । धेरै वर्षपछि मैले मेरा बालक कालका साथीहरूलाई भेट्न पाउँदा मलाई एकदमै रमाइलो लाग्यो । हामीले पौडी खेल सकेपछि हामी खाजा खान गयाैँ र हामी आफ्नो घरतिर लाग्यौँ । आइतवार चाहिँ म मेरी आमासँग किनमेल गर्न गएँ । मेरी आमाले घरका लागि सामानहरू किन्नुभयो । उहाँले धेरै चाहिने सामानहरू किन्नुभएको थियो । त्यसपछि हामीले लस्सी पियाैँ । हामीले असाह्य मानिसहरूलाई केही पैसा सहयोग पनि गर्याैँ । भोलिपल्ट मेरो परीक्षा थियो त्यसैले म पढ्नको लागि तयारी भएर बसेँ । साेमवारकाे परीक्षाका लागि आइतबार बेलुकी सम्म पढेँ । यसरी मेरो सप्ताहन्त रमाइलो गरेर बित्याे ।
0 reads
Published on 7/18/2022
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 4
Roll No: 31019
38
More Articles from
Student