मच्छिन्द्रनाथ जात्रा
राताे मच्छिन्द्रनाथकाे रथयात्रा वैशाख महिनाकाे शुक्लपक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चाैँथाेसम्म करिब दुई महिना मनाइन्छ । भाेटेजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतिकाे मन्दिरमा ६ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ । सहकालका देवताका रुपमा मानिने मच्छिन्द्रनाथ हिन्दुहरुमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका हुन् । बाैद्ध धर्मावलम्बीले पनि मच्छिन्द्रनाथलाई मान्दछन् । यसरी नै चैत्र महिनाकाे शुक्लपक्ष अष्टमीमा सेताे मच्छिन्द्रनाथकाे रथयात्रा गरिन्छ । याे रथयात्रा तीन दिनसम्म चल्छ । काठमाडाैँकाे जमलमा पहिलाे दिन रथलाई विश्राम गराइन्छ । अनि रत्नपार्क हुँदै भाेटाहिटी र असन दाेस्राे दिन त्यसै गरी तेस्राे दिन मारुहिटी र जैँसीदेवल हुँदै लगनटाेल लगिन्छ । सेताे मच्छिन्द्रनाथलाई पनि वर्षा र सहकालका देवता मानिन्छ ।
0 reads
Published on 11/12/2024
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 6
Roll No: 31019
38
More Articles from
Student