बुद्ध जयन्ती
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व यस वर्ष बिहिबार भगवान बिष्णुकाे नवाैँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गाैतमले विश्वमा शान्ति स्थापनाका लागि पुर्याएका याेगदानकाे स्मरणस्वरूप मनाइयाे ।बुद्धकाे जन्म, ज्ञान प्राप्ति, मृत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायतका विश्वका बाैद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।बुद्ध जयन्तीमा बाैद्धधर्मावलम्बीहरू चैत्य, गुम्बा,विहारलगायत स्थलहरूमा जम्मा भएर पूजा गर्दछन् । लुम्बिनी, स्वयम्भू , बाैद्धलगायत स्थलहरूमा विविध कार्यक्रम आयाेजना गरी मनाइने गरिन्छ ।इसा पूर्व ५२८ काे वैशाख शुक्ल पूर्णिमाकाे दिन उनले वाेधिवृक्षमुनि बुद्धत्त्व प्राप्त गरे ।सम्यक सङ्कल्प, सम्यक दृष्टि, सम्यक वचन, सम्यक कर्म, सम्यक आाजीविका, सम्यक व्यायाम सम्यक स्मृति, र सम्यक समाधि गरी यी आठ मार्ग उनले बाँडेका ज्ञान हुन् ।
यस् ज्ञान पहिलाेपटक सारनाथस्थित मृगदानवमा पञ्चवर्गीय भिक्षुहरूरूलाई प्रवचनका माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्ताे ज्ञान बाँडेपछि ८० वर्षकाे उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन उनले मृत्यु प्राप्त गरे । उनी शान्तिका अग्रदूत र एशियाका तारा भनेर चिनिन्छन् । वि सं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वकाे अवसरमा देशभर सार्वजानिक बिदा दिन थालिएकाे हाे । विश्वशान्तिका अग्रदूत भगवान बुद्धकाे जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजानिक बिदा दिइँदै आएकाे छ ।
0 reads
Published on 6/18/2024
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 6
Roll No: 31019
38
More Articles from
Student