काेराेना
काेराेना एउटा भाइरसको नाम हो । यसले सन् २०२०/२१ मा संसारभरि नै महामारीको रूप लियो । यसले हाम्रो श्वास प्रणालीमा असर गर्दछ । यो रोगले अहिलेसम्म धेरै व्यक्तिहरूको ज्यान लिइसकेको छ । नेपालमा पनि यस रोगका कारणले धेरै जना मरिसकेका छन् । याे राेग लागेर धेरै व्यक्तिहरू निको पनि भएका छन् । यो रोग सबभन्दा पहिलो चीनको वुहान सहरमा देखिएको थियो । यो भाइरसलाई विश्व स्वास्थ्य सङ्गठन डब्लु.एच.ओ.ले काेभिड-१९ भन्ने नाम दिएको छ । यसकाे खाेप पत्ता लागिसकेको छ । नेपालका साथै विश्वका अरू सबै देशहरूमा यो खोप लगाउने काम भइरहेको छ । अब यो रोगसँग डराउनुपर्दैन तर सावधान चाहिँ रहनुपर्छ ।
0 reads
Published on 6/2/2022
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 4
Roll No: 31019
38
More Articles from
Student