भ्रष्टाचार
भ्रष्टाचार
छाँयाहरू बोल्ने त्यो मौन गल्लीमा
न्याय हराउँछ आफ्नै चालचल्तीमा
ढुङ्गामा लेखिएको इमानको नाम
पानी झैँ बग्छ बिना कुनै काम
सुरु हुन्छ ‘यसपटक' बाट
त्यहीँ उम्रन्छ अन्यायको बोट
चुपचाप मुस्कानले ढाक्छ अपराध
सत्यलाई बनाइन्छ कमजोर आवाज
सत्ताको छाँयामा नियमहरु झुक्छन्
साँचो मनहरू बिस्तारै टुट्छन्
लोभको नदीमा बग्छ विश्वास
मान्छे हराउँछ मात्र बच्छ आभास
तर मित्रभित्रै एउटा आगो बल्छ
झुटका महलहरू बिस्तारै जल्छ
मौनता हट्छ सत्य उठ्छ फेरि
अन्धकार हटाउँदै बिहानको किरण छरिन्छ फेरि
अन्त्यमा बाँकी रहन्छ खाली हात
न पैसा, न गर्व, न झुटको साथ
किनकि समयले लेख्छ एउटै कुरा
भ्रष्टाचार कहिल्यै टिक्दैन पूरा ॥
1 reads
Published on 7/27/2026
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 8
Roll No: 31019
41
More Articles from
Student